दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
lचसो बढ्दै जाँदा सप्तरीको दुई पालिकामा विपन्न समुदायलाई न्यानो कम्बल बितरण गरिएको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिकामा विपन्न समुदायका एक सय जनालाई न्यानो कम्बल वितरण गरिएको हो ।
बुधबार गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा गाउँपालिकाको सहकार्यमा उक्त कम्बल वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको बताउँदै यस्ता राहत कार्यक्रमले विपन्न समुदायलाई तत्काल राहत प्रदान गर्ने बताए ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मुसहर, सदा, पासवान लगायतका समुदायका अत्यन्त विपन्न परिवारहरूलाई कम्बल वितरण गरिएको जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रोशन कुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय राजविराजका उपनिर्देशक कुलचन्द्र न्यौपाने, बलान बिहुल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामकुमार यादव तथा पत्रकार चन्दनकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
यस्तै शीतलहर चलिरहेको बेला जिल्लाको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई बुधबार एक कार्यक्रमकाबीच फाइबर सिरक वितरण गरिएको हो ।
कार्यक्रममा सिरक वितरण गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुनिल कुमार मंडलले शीतलहर चलेको बेला जाडोबाट बचाउन जना दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई फाइबर सिरक वितरण गरिएको बताए ।
उनले गाउँपालिकाका ६ वटै वडामा जाडोको समयमा जोखिममा रहेका वर्गलाई राहत प्रदान गर्ने उद्देश्यले अहिले सम्म चारसय सिरक वितरण गरिएको जानकारी दिए ।
वडाअध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
दुई पालिकामा न्यानो कम्बल वितरण
सारांश
- जिल्लाको बलान बिहुल गाउँपालिकामा विपन्न समुदायका एक सय जनालाई न्यानो कम्बल वितरण गरिएको हो ।
- बुधबार गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा गाउँपालिकाको सहकार्यमा उक्त कम्बल वितरण गरिएको छ ।
- कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको बताउँदै यस्ता राहत कार्यक्रमले विपन्न समुदायलाई तत्काल राहत प्रदान गर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया