छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 

राजविराज राजविराज
|
शनिबार, माघ ३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 

सारांश

  •     जिल्लाको तिरहुत गाउँपालिका वडा नं.
  • १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित करिब ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
  •     यादवको बाँसको टाटीले बनेको फुसको छानो भएको एक कोठे घरमा दियोबाट अचानक आगो सल्किएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ माघ ।

    सप्तरीको छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा १० लाख मुल्य बराबरको क्षति भएको छ । 
    जिल्लाको तिरहुत गाउँपालिका वडा नं. १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित करिब ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
    यादवको बाँसको टाटीले बनेको फुसको छानो भएको एक कोठे घरमा दियोबाट अचानक आगो सल्किएको थियो ।
    आगलागीबाट घरभित्र रहेको काठको दराज दुई थान, स्टिलको दराज एक थान, ३५ तोलाका विभिन्न चाँदीका गरगहना, तीन तोलाका सुनका मंगलसूत्र, अन्य गरगहना, नगद एक लाख २५ हजार रुपैयाँ, ४० मन धान, १० मन चामल तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
    यसैगरी बिहीबारै हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुराका सिताराम यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगो सल्किएर आगलागी हुँदा गाईगोठ र परालको कुन्यु पुर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट ४ लाख १० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा