मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
१३२ पटक हेरिएको
Shares
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा

सारांश

  •     बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिज्ञा गरेका हुन् ।
  •       उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताएष्भस् ।
  •       उनले भने, ’मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो ।

दैनिक समाचारदाता
जनकपुर, ६ फागुन । 

    नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसले सिङ्गो देशलाई पाल्न तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेका छन् ।  
    बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिज्ञा गरेका हुन् । 
    उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताएष्भस् । 
    उनले भने, ’मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ ।  खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।’ 
    उनले भने, ’अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ । उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने समेत बताए ।  
    ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने उनले दाबी समेत गरे । ‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ सभापति थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’ 
    कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने बताउँदै सभापति थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए ।
    सोही सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन् । गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको उनको भनाई थियो ।
    उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि कांग्रेस नयाँ रास्वपा भएको र रास्वपा पुरानो नेपाली कांग्रेस भएको बताइन् । शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन् । 
    राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेशकी संस्थापक सभापति शर्माले मंगलबार मात्रै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक