शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र

सारांश

  •     सप्तरी निर्वाचन क्षेत्र नं.
  • २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका डा.
  • राउतले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषयलाई प्रतिवद्धतापत्रमा समेटेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 
    जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
    सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका डा. राउतले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषयलाई प्रतिवद्धतापत्रमा समेटेका छन् ।
    प्रतिवद्धतापत्रमा सप्तरीमा आईटी पार्क, कल सेन्टर, कोडिंग आर्मी, एसेम्बली लाईन, एआई, मधेश स्पेश सेन्टर जस्ता जनमत पार्टीले ल्याएको परियोजनाहरुलाई कार्यान्वयनमा ल्याएर हजारौं युवाहरुलाई रोजगारी दिने उल्लेख गरिएको छ । 
    विगतका अधूरा योजनाहरु पुरा गर्नुका साथै ‘ग्राम उद्योग भवन’ को निर्माण सम्पन्न गराएर ग्रामीण महिलाहरुलाई आफ्नै गाउँमा रोजगार प्रदान गर्ने, मधेश कृषि विश्वविद्यालयको निर्माण कार्य सम्पन्न गराउने, साक्षरता कार्यक्रम संचालन गरी यस क्षेत्रलाई साक्षर बनाउने, क्षेत्रमा रहेका अस्पतालहरुको सेवा–प्रवाहलाई गुणस्तरीय बनाउने, सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्ने योजनाहरु प्रतिवद्धता पत्र मार्फत अगाडी सारिएको छ । 
    यस्तै कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली–राजविराज–रुपनी औद्योगिक कोरिडोर बनाएर अगाडि बढ्दै कृषिलाई उद्योगसँग जोड्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानीकर्ता र उद्यमीलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, कृषि विद्युतीकरणको योजनालाई कार्यान्वयन गर्दै खेत–खेतमा पानी पुग्ने गरी सिंचाईंको समस्यालाई समाधान गर्ने, किसानको लखादमा सहज पहुँचका लागि पहल गर्ने, छिन्नमस्ता भगवती स्थलमा भौतिक पूर्वाधार निर्माण गरी पर्यटन अभिवृद्धि गर्ने, यस क्षेत्रमा रहेका खाँडो, जीता, मुतनी, घोडदह, भलुवाही आदि नदीबाट हुने भु–कटान तथा बाढीको नियन्त्रण गरिने प्रतिवद्धतापत्रमा भनिएको छ ।
    आम मतदाता माझ यही प्रतिवद्धता लिएर भोट मागिरहेको डा. राउतले बताए । उनले आफु विगतमा पनि जनताले चाहेको योजना अनुसार नै काम गरेको दावी गर्दै जनता उत्साहित रहेको विचार व्यक्त गरे ।
    २०७९ मा सप्तरी २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै डा. राउत निर्वाचित भएका थिए । यसपल्ट डा. राउत भने पुनः यसै क्षेत्रबाट दोहरिएर उम्मेदवारी दिएका छन् भने जसपा नेपालका अध्यक्ष यादव सप्तरी ३ बाट उम्मेदवार बनेका छन् ।
    १ लाख ५ हजार ९ सय २२ मतदाता रहेको यस क्षेत्रमा नेपाली काँग्रेसबाट रामकुमार यादव, जसपा नेपालबाट उमेश कुमार यादव, नेकपा एमालेबाट मोहमद जियाउल रहमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यनाथ यादव, जनअधिकार पार्टीका अध्यक्ष शरत सिंह यादव सहित ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न