रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा

सारांश

  •     विभिन्न राजनीतिक दल धमाधम घोषणा पत्र, प्रतिबद्धता पत्र र संकल्प पत्र सार्वजनिक गर्ने क्रम चलिरहेको बेला उनले पत्रकार सम्मेलनमा करार पत्रमार्फत आफ्नो योजनाहरु सार्वजनिक गरेका हुन् ।
  •       डा.
  • चौधरीले सार्वजनिक गरेको करार पत्रमा अगामी ५ वर्षमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखी प्रतिब्यक्ती आय ३ हजार डलर पु¥याउने सम्मको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी सप्तरीको क्षेत्र नं. ३ बाट रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार रहेका डा. अमरकान्त चौधरीले १७ बुंदे करार पत्र सार्वजनिक गरेका छन । 
    विभिन्न राजनीतिक दल धमाधम घोषणा पत्र, प्रतिबद्धता पत्र र संकल्प पत्र सार्वजनिक गर्ने क्रम चलिरहेको बेला उनले पत्रकार सम्मेलनमा करार पत्रमार्फत आफ्नो योजनाहरु सार्वजनिक गरेका हुन् । 
    डा. चौधरीले सार्वजनिक गरेको करार पत्रमा अगामी ५ वर्षमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखी प्रतिब्यक्ती आय ३ हजार डलर पु¥याउने सम्मको प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    कुल गार्हस्थ उत्पादन १ सय अरब डलर पु¥याउने, जन्मदेखी मृत्युसम्म एकिकृत समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, सिचाईका लागी विद्युतीय सेवा तथा शिक्षाका लागी छात्रवृतिको व्यवस्था गर्ने उनले करारपत्र मार्फत प्रतिबद्धता जनाएका छन । 
    त्यस्तै ३० हजार किलो मिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने, विदेशमा वस्ने नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था गर्ने, स्वास्थ विमा निशुल्क तथा कृषि र किसानका लागी आवश्यक्त सेवा सुविधा बृद्धि गर्ने लगायतका प्रतिबद्धता पनि करार पत्रमा समेटिएको छ । 
    सुशासन, समृद्धि र समाजिक न्यायमा केन्द्रित रहेर सार्वजनिक गरिएको करार पत्रमा संविधान, शासन प्रणाली, भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता कायम गरी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ । 
    सो अवसरमा उनले जनतासंग आफुहरुले ५ वर्षको समय माग गरेको र चुनाव जिते पहिलो प्राथमिक्ता यस क्षेत्रको जनताको काम र क्षेत्रको समग्र विकास हुने उल्लेख गरे । 
    रास्वपाका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार रहेकी डा. अंकिता ठाकुरले जनता भ्रष्टाचार मुक्त र सुशासनयुक्त नेपाल चाहेको भन्दै यसका लागी परिर्वतन आवश्यक भएको बताइन । 
    एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा उनीसंगै जसपा नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेकपाका अरुणकुमार साह, जनमतका सुरेन्द्र मधेशी मुख्य प्रतिस्पर्धामा देखिएका छन । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?