सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
४८ पटक हेरिएको
Shares
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल

सारांश

  •     जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्रै जमानत जोगाएका छन ।
  • जिल्लाको ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले विजयी भएका छन ।
  •     क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।

    सप्तरीमा प्रतिनीधीसभा सदस्य पदका १ सय २ उम्मेदवार मध्ये ८९ जना उम्मेदवारको जमानत जफत भएको छ । 
    जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्रै जमानत जोगाएका छन । जिल्लाको ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले विजयी भएका छन ।
    क्षेत्र नं. १ मा रास्वपा, स्वभिमान र एमाले बाहेक सबै १८ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह चौथो तथा जनमत पार्टीका नेता डा. जयकान्त राउत पाचौं स्थानमा रहदा उनीहरुको समेत जमानत जफत भएको छ । 
    क्षेत्र नं. २ मा रास्वपा, जसपा नेपाल र जनमत बाहेक सबै ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको पनि जमानत जफत भएको छ । 
    यस्तै क्षेत्र नं. ३ मा रास्वपा, जसपा नेपाल, काँग्रेस र एमाले बाहेक सबै १८ जना उम्मेदवारले जमानत गुमाएका छन । 
    यसैगरि क्षेत्र नं. ४ मा रास्वपा, काँग्रेस र जसपा नेपाल बाहेक सबै २२ जना उम्मेदवारको जमानत जफत भएको छ । 
    निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । जिल्लाको चार वटै क्षेत्रमा खसेको मध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो । त्यसको १० प्रतिशत मत ल्याउन नसक्दा ८९ जनाले जमानत गुमाएका हुन । 
    जिल्लामा तीन वटा राजनीतिक दलका अध्यक्ष, एक महामन्त्री, एक पूर्वमुख्यमन्त्री र तीन पूर्वमन्त्रीलाई नराम्ररी पराजयको पीडा भोग्नु परेको छ । 
    यसरी पराजय भोग्नेहरुमा सप्तरीको क्षेत्र नंं २ बाट उम्मेदवार रहेका जनमतका अध्यक्ष डा. सिके राउत, जनाधिकार पार्टीका अध्यक्ष डा.शरद सिह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह, पूर्वमन्त्री उमेश प्रसाद यादव, पूर्वमन्त्री अनिस अन्सारी छन । 
    यस्तै क्षेत्र नंं ३ मा उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा क्षेत्र नं. ४ मा काँग्रेस उम्मेदवार एवं पूर्वमन्त्री तेजुलाल चौधरी पनि फराकिलो मतान्तरले पराजित भएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
१७ मध्ये एकमात्र महिला उम्मेदवार
१७ मध्ये एकमात्र महिला उम्मेदवार