दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
६४ पटक हेरिएको
Shares
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

सारांश

  •     सो गाउँपालिकाको वडा नं.
  • ६ मा दलित कृषक समूहलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
  •       कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले १ सय २० जना दलित कृषकलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।

    गरिबी निवारण तथा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सप्तरीको बलानबिहुल गाउँपालिकामा दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण वितरण गरिएको छ ।
    सो गाउँपालिकाको वडा नं. ६ मा दलित कृषक समूहलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 
    कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले १ सय २० जना दलित कृषकलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए । उनले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
    कृषकलाई खेतीपातीमा सहजता ल्याउने तथा उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बीउबिजन र आवश्यक कृषि सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
    स्थानीय कृषकहरूले प्राप्त गरेको सामग्रीले खेतीपातीमा सहयोग पुग्ने र उत्पादन बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?