दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
दुई दिन भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरु मर्कामा परेका छन् ।
घाममा सुकाउन राखिएको इँटा शुक्रवार र शनिबार भएको वर्षाका कारण गलेपछि इँटा व्यवसायीहरु मार्कामा परेका हुन् ।
शम्भुनाथ नगरपालिका वडा नं. ४ स्थित न्यू काली माँ पंडित इँटा उद्योगका सञ्चालक कृष्णदेव पंडितले घाममा सुकाउन राखिएको १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको बताए । जिल्लामा सञ्चालनमा रहेको ४५ वटा इँटा उद्योगको हाल पनि यस्तै रहेको उनको भनाई छ ।
एउटा काँचो इँटा बनाउन प्रति इँटा चार रुपैयाँ ३८ पैसा खर्च हुने गरेको भन्दै पंडितले जिल्लाको सबै इँटा उद्योगहरुमा करोडौंको क्षति भएको दाबी गरे ।
सरकारी नीतिका कारण बर्षेनी यहाँका इँटा उद्योगीहरुले क्षति बेहोर्दै आएको गुनासो पोख्दै उनले मंसिर १ देखि भटमा आगो सल्काउन दिएर चैत १ गते बन्द गर्ने नीति नआएसम्म इँटा उद्योगीले यस्तो पीडा भोगी राख्ने गुनासो पोखे ।
वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
सारांश
- घाममा सुकाउन राखिएको इँटा शुक्रवार र शनिबार भएको वर्षाका कारण गलेपछि इँटा व्यवसायीहरु मार्कामा परेका हुन् ।
- शम्भुनाथ नगरपालिका वडा नं.
- ४ स्थित न्यू काली माँ पंडित इँटा उद्योगका सञ्चालक कृष्णदेव पंडितले घाममा सुकाउन राखिएको १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया