“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु

राजविराज राजविराज
|
बुधबार, चैत्र ११, २०८२
|
|
५१ पटक हेरिएको
Shares
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु

सारांश

  •     उक्त पुस्तकालयको हल निर्माणका लागि चालु आ.
  • ब.
  • २०८२÷८३ मा ३० लाख बजेट बिनियोजन गरेको छ ।

नवीनकुमार गुप्ता
राजविराज, ११ चैत । 

    सप्तरीको एक मात्र ऐतिहासिक ‘लेखनाथ आदर्श पुस्तकालय’ को अस्तित्व बचाउनका लागि राजविराज नगरपालिकाले हल निर्माण गर्ने भएको छ । 
    उक्त पुस्तकालयको हल निर्माणका लागि चालु आ.ब. २०८२÷८३ मा ३० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले पुस्तकालय हल निर्माणका लागि स्टिमेट भइसकेको र अबको केही दिनमै ई–बिडिङ प्रक्रियाबाट टेण्डर खोलिने जानकारी दिएकी छिन् । 
    राजविराज नगरपालिकाको स्वामित्वमा रहँदै आएको सो पुस्तकालय हाल राजविराज वडा नं. ७ स्थित तत्कालिन वन कार्यालय (हाल डिभिजन वन कार्यालय) को ठ्याक्क अगाडी पट्टी दुई तल्ले पक्की भवनको भुई तल्लामा अवस्थित थियो ।
    हाल उक्त स्थानमा राजविराज नगरपालिकाले व्यापारिक प्रयोजनका लागि निर्माण गरेको एक तल्ले भवनमाथी पुस्तकालय संचालनका लागि हल निर्माण गर्ने भएको छ । 
    विगतमा सूचना केन्द्रको रुपमा विस्तार गरिएको उक्त पुस्तकालय अब आधुनिक पुस्तकालयको रुपमा संचालन हुने कार्यवाहक प्रमुख परविनको भनाई छ ।
    बि.स. २०४५ सालको भुकम्प पश्चात् पनि भवनको अवस्था ठीकठाकै थियो । तर, पछिल्लो पटक बि.स. २०७२ सालमा आएको विनाशकारी भुकम्पमा भवनको अवस्था विग्रियो । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दै, पर्खालहरुमा चिरा पर्न थालेको थियो । 
    आ.ब. २०७७÷७८ मा तत्कालिन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको पालामा पुस्तकालय भवन भत्काएर नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । झण्डै तीन वर्षपछि नयाँ भवन निर्माण भयो । हाल ती नयाँ भवनमा राजविराज नगरपालिकाले खुल्ला टेण्डर प्रक्रियाबाट धरौटी रकमसहित मासिक रुपमा भाडा लगाएको छ ।
    वि.स. १९९९ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा आदर्श पुस्तकालय (लेखनाथ) स्थापना भएको हो । राजविराजमा कर्मचारीको लागि छुट्याइएको ८ विगहा जग्गामा स्वर्ण (तत्कालिन लंका) टोलमा स्थापना भएको थियो । पछि वि.सं. २०२१÷२२ सालमा तत्कालिन सूर्यप्रसाद श्रेष्ठ सहायक अंचलाधिश भएको बेलामा उनकै प्रयासमा आर्दश पुस्तकालयलाई लेखनाथ आदर्श पुस्तकालय नामाङकन गरि भवन निर्माण गराई उद्घाटन गरिएको थियो । उक्त पुस्तकालयलाई संचालन गर्न स्थानिय बद्री प्रसाद लुईटेललाई जिम्मा लगाइएको थियो । जसको लाइब्रेरियनमा हाल अवकाश प्राप्त मावि शिक्षक शिवराज भट्टले २०३५ सालदेखी निःशुल्क सेवा दिँदै आएका थिए । तर, पछि उक्त पुस्तकालय नेपाल स्काउटको जिम्मा लगाइएको थियो । र २०४९ सालसम्म पुस्तकालय स्काउटकै निगरानीमा संचालनमा रहेको थियो ।  
    यस्तै बि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै पुस्तकालय तत्कालिन राजविराज नगरपालिकाका मेयर जगरनाथ दासको पालासम्म राम्ररी नै संचालन भएको थियो । जुन पुस्तकालयमा विपी कोइराला, पुष्पलाल श्रेष्ठको टिप्पणीसहितको निरिक्षण पुस्तिका रहेको थियो । तर अहिले सो पुस्तकहरु कहाँ छन् सायदै उपलब्ध हुने कुरामा शंका छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ
मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह