दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीका पत्रकार ओम प्रकाश साहले आफ्नी ६ वर्षिया छोरी ओरिसाको जन्म दिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाएका छन् ।
ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर साहले बुधबार राजविराज ६ स्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिताले जानकारी दिइन ।
साह दम्पतीले यसअघि छोरीको पहिलो जन्मोत्सवमा कोरोनाकालका बेला एक विपन्न र कारोना पीडित परिवारलाई एक महिन पुग्ने गरी खाद्यान्न वितरण गरेका थिए ।
यस्तै दोश्रो जन्मोत्सवमा जनता आधारभूत चारजना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका थिए । तेश्रो पटक श्री राजोबती माध्यमिक विद्यालयका चार, चोथौ पटक जनता राष्ट्रिय दलित आधारभूत विद्यालयका ४५ तथा पाँचौ पटक जनता आधारभूत विद्यालयका १४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी साह दम्पतीले छोरी ओरिसाको जन्मदिन मनाएका थिए ।
सो अवसरमा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहेका पत्रकार ओम प्रकाश साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा देवसहित नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, वडा नं. ६ का सदस्य दीपक शर्मा, विद्यालयका प्रधानाध्यापक चाँदनी यादव सहितकाले सामग्री वितरण गरेका थिए ।
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
सारांश
- ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर साहले बुधबार राजविराज ६ स्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
- विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिताले जानकारी दिइन ।
- साह दम्पतीले यसअघि छोरीको पहिलो जन्मोत्सवमा कोरोनाकालका बेला एक विपन्न र कारोना पीडित परिवारलाई एक महिन पुग्ने गरी खाद्यान्न वितरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया