दैनिक समाचारदाता
राजविराज, ६ असार ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा विगत एक महिनादेखी लगाइएको ताला खुल्न नसक्दा फाँटफुट हुने गरेको खेलकुद गतिविधि ठप्प भएको । बिहीबार ताला लगाइएको एक महिना पुगेको छ ।
जेठ ७ गतेदेखी लगाइएको ताला खोलाउने तर्फ कसैले चासो नदेखाएपछि तालाबन्दी लम्बिदै गएको हो । २०७१ सालदेखीको आय–व्यय सार्वजनिक नगरेको, विभिन्न प्रतियोगिता तथा पूर्वाधार निमार्णका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको तथा समितिको बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वय नगर्न कार्यालय प्रमुख दिनेश भुजेलले आलटाल गरेको भन्दै समितिकै उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाइमा समितिमा तालाबन्दी गरिएको हो ।
यस अवधिमा दुवै पक्षबीच एक पल्ट भएको छलफलमा कुनै निष्कर्श निस्कन नसकेछि अर्को छलफलको प्रयास कसैबाट भएको छैन । यसरी जिम्मेबार व्यक्तीहरुले चासो नदेखाउँदा खेलकुद गतिविधी ठप्प भई खेलाडीहरुमा निराशा छाएको छ ।
यता कार्यालय प्रमुख दिनेश भुजेलले समितिको अध्यक्ष अमर खवासको समेत हस्ताक्षरमा खाता संचालन गर्न खोज्दा समितिका उपाध्यक्षसहितको केहि पदाधिकारीले विरोध जनाउदै कार्यालय प्रमूख र कोषाध्यक्षको नाममा मात्र खाता संचालन गर्न दवाब दिएकोले समस्या समाधान हुन नसकेको बताएका छन् ।
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै
सारांश
- जेठ ७ गतेदेखी लगाइएको ताला खोलाउने तर्फ कसैले चासो नदेखाएपछि तालाबन्दी लम्बिदै गएको हो ।
- २०७१ सालदेखीको आय–व्यय सार्वजनिक नगरेको, विभिन्न प्रतियोगिता तथा पूर्वाधार निमार्णका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको तथा समितिको बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वय नगर्न कार्यालय प्रमुख दिनेश भुजेलले आलटाल गरेको भन्दै समितिकै उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाइमा समितिमा तालाबन्दी गरिएको हो ।
- यस अवधिमा दुवै पक्षबीच एक पल्ट भएको छलफलमा कुनै निष्कर्श निस्कन नसकेछि अर्को छलफलको प्रयास कसैबाट भएको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया