रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०७६
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • स्थानिय पविमाविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा डाक्नेश्वरी ड्राइगनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै सो उपाधी हात पारेको हो ।
  •       टस जितेर पहिलो ब्याटिङ रोजेको रुपनी राइडर्सले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो ।
  • चर्चित राष्ट्रिय खेलाडी तथा रुपनीका कप्तान महबुब आलम जम्न नसकेपछि १ सय १५ रनको चुनौती मात्र पेश गर्न सक्यो ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    राजविराजमा संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको उपाधी डाक्नेश्वरी ड्राइगनले हात पारेको छ । 
स्थानिय पविमाविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा डाक्नेश्वरी ड्राइगनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै सो उपाधी हात पारेको हो । 
    टस जितेर पहिलो ब्याटिङ रोजेको रुपनी राइडर्सले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो । चर्चित राष्ट्रिय खेलाडी तथा रुपनीका कप्तान महबुब आलम जम्न नसकेपछि १ सय १५ रनको चुनौती मात्र पेश गर्न सक्यो । आलमले १४ रनको मात्र योगदान दिएका थिए । 
    १ सय १६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको डाक्नेश्वरी ड्राइगनलाई त्यो झिनो लक्ष्य प्राप्त गर्न ओवरको अन्तिम बलसम्म पर्खिनु परेको थियो । अन्तिम बलमा १ रन जोड्दै डाक्नेश्वरी ड्राइगनले बिजयी लक्ष्य प्राप्त ग¥यो । त्यो लक्ष्य भेटाउने क्रममा डाक्नेश्वरीले आफ्नो ८ विकेट गुमाएका थिए । 
    बिजयीसँगै डाक्नेश्वरी ड्राइगनले २ लाख नगद तथा ट्रफि प्राप्त गरे भने उपबिजेता रुपनी राइडर्सले १ लाख नगदसहित ट्रफी प्राप्त गरे । 
    प्रतियोगिताको फाइनल खेलका म्यान अफ द म्याच डाक्नेश्वरीका कप्तान पुष्प थापा र सोही टिमका रोबिन सिंह उत्कृष्ट बलर घोषित भए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अनसारी घोषित भए । 
    गत ३ असारदेखी सुरु भएको प्रतियोगितामा चर्चित खेलाडीसहित जिल्लाका पाँच टिमको सहभागिता थियो । 
    राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिताको समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, क्रिकेट संघका केन्द्रिय सदस्य शैलेश चौधरी, वडा अध्यक्ष समिर झा लगायतले बिजेता, उपबिजेता, अम्पायर तथा सहयोगिहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
कालापानी सधैं चुनावी एजेन्डा नबनोस्
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह