एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण

राजविराज राजविराज
|
बिहिबार, आषाढ १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
  •     तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
  • यस वर्षको परीक्षामा ३.

दैनिक समाचारदाता
काठमाडौं, १२ असार ।
    परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार प्रकाशित गरेको छ ।
    यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
    तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।
    त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।
    यता प्रदेश २ मा ७० हजार ५ सय ६८ जना परीक्षार्थीमध्ये कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । 
    जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् ।
    उत्तीर्ण कुल परीक्षार्थी मध्ये कुल ९३१ परीक्षार्थी ‘ए प्लस’ जीपिए ल्याउन सफल भएका छन् । जसमध्ये ६० छात्र छन् । 
    यस्तै ३ हजार २५ छात्रा र १ हजार ५७० छात्रा ‘ए’ ल्याएको छन् । यस्तै ४ हजार ६९२ छात्र र २ हजार ५३३ छात्राले बी प्लस ल्याएका छन् । ८ हजार ७१३ ले ‘बी’ ल्याएका मध्ये ५ हजार २८२ छात्र छन् ।
    यस्तै १२ हजार ९५ परीक्षार्थी सी प्लस ल्याएको छन् । जसमा ६ हजार ३६७ छात्र छन् । १६ हजार ४११ परीक्षार्थी सी ल्याएका मध्ये ७ हजार ८२६ छात्र छन् र बाँकी छात्रा । 
    यस्तै डि प्लस ११ हजार ७७५ ल्याएका मध्ये ४ हजार ९१८ छात्र छन् । १ हजार ४५४ को रिजल्ट ‘डि’ छन् । जसमा ५२४ छात्र छन् । यस्तै सबभन्दा तल्लो स्तरको जिपिए ‘इ’ १६ सय ४ छन्, जसमा ८१५ छात्र छन् ।
    यसैगरि प्रदेश १ बाट ८३ हजार ८ सय १८ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७६ जना उतीर्ण भएका छन् । 
    प्रदेश ३ बाट १ लाख ६ हजार २ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । त्यसमध्ये १ लाख ५ हजार ६ जना उतीर्ण भएका छन् । गण्डकी प्रदेशबाट ४५ हजार ३ सय ६ जनाले परीक्षा दिएकोमा ४७ हजार ३ सय १९ विद्यार्थी उतीर्ण भएका छन् ।
    प्रदेश ५ मा ७६ हजार ९ हजार ८३ परीक्षार्थीले सहभागी भएकोमा ७६ हजार ८ सय ४४ विद्यार्थी उतीर्ण भएका छन् । कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ जना परीक्षार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३२ हजार ९ सय ६६ विद्यार्थी सफल भएका छन् ।
    त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ५३ हजार ९ सय ७२ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५० हजार ६ सय १० विद्यार्थी उतीर्ण भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?