वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह

राजविराज राजविराज
|
बुधबार, आषाढ १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •     नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा मंगलबार आयोजित वैदेशिक रोजगार प्रवद्र्धनको लागि समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ।
  •       उनले वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने कारणले गर्दा अकालमै ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरे ।
  •       प्रमुख साहले बैदेशिक रोजगार जानु पूर्व सबैतर्फबाट सहयोग तथा सूचना आदान प्रदान र सम्बन्धीत निकायबाट आवश्यक सुझाव लिएर गएमात्र रोजगारी सुरक्षित हुने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउन सबै सरोकारवाला तथा जनप्रतिनीधिहरुको सामाजिक दायित्व रहेको बताएका छन् ।
    नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा मंगलबार आयोजित वैदेशिक रोजगार प्रवद्र्धनको लागि समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् । 
    उनले वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने कारणले गर्दा अकालमै ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरे । 
    प्रमुख साहले बैदेशिक रोजगार जानु पूर्व सबैतर्फबाट सहयोग तथा सूचना आदान प्रदान र सम्बन्धीत निकायबाट आवश्यक सुझाव लिएर गएमात्र रोजगारी सुरक्षित हुने जिकिर गरे । 
    त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले वैदेशिक रोजगारका क्रममा आउने समस्या तथा ठगिने प्रबृती दलालहरुबाट हुने गरेको बताए । उनले समुदायका व्यक्तिहरु आफु पनि ध्यान नदिनु, सीप नसिकी वैदेशिक रोजगारीमा जानु, सूचना नलिई जानु र नेपाल सरकारको निगरानी स्थानीय स्तरमा नहुनु लगायतका समस्याका कारण सुरक्षित बैदेशिक रोजगारी नभएको उल्लेख गरे । उनले वैदेशिक रोजगारमा जाने युवाहरु सचेत हुनुपर्नेमा जोड समेत दिए । 
    आयोजित कार्यक्रममा युवाहरु वैदेशिक रोजगारीमा गई फर्केका र परिवारका सदस्यहरु वैदेशिक रोजगारमा प्रत्यक्ष संलग्न भएपनि नेपाल सरकारले अवलम्वन गरेका आधारभुत कानुनी कागजातहरु बारे जानकारीको अभाव रहेको पाइएको जनाइएको छ । 
    सहभागि भएका जनप्रतिनीधिहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमापनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरे । नेपाल सरकारले एजेन्टको व्यवस्था खारेज गरे पनि समुदायमा दलालहरुको विगविगि रहेकोले स्थानिय सरकारले यसलाई गम्भिरतापूवर्क लिनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् । 
    यता सहभागि भएका २८ जना परिवारबाट ३४ जना वैदेशिक रोजगारीमा काम गर्दै आएको तर, घर परिवारमा कागजात नराखेको पाईएको कार्यक्रमलाई सहजिकरण गरेका सुरक्षित आप्रवासन परियोजनाका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए । 
    संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शुवर्ण घिमिरे, वडा नं. १ का अध्यक्ष विजयकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष उमेश यादव, वडा सदस्य छोटेलाल साहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी मैदानमा चार पत्रकार
चुनावी मैदानमा चार पत्रकार
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै