दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
प्रदेश २ का प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञान प्रसाद महतोले मंगलबार प्रदेश २ का ८ वटै जिल्लामा बाढीबाट भएको क्षति विवरण प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।
जारि विज्ञप्तिमा प्रदेश २ का सबैभन्दा बढी रौतहट जिल्लामा बाढीबाट १० जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै महोत्तरीमा ६, धनुषामा ५, सिरहामा ५, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ । बाढीमा धनुषा र रौतहटमा बाढीमा परि एक÷एक जना वेपत्ता भएको उल्लेख छ ।
यता सप्तरी जिल्लामा भने कुनै मानविय क्षति नभएपनि बाढीबाट सप्तरीमा ५० घर पूर्णरुपमा क्षतिग्रस्त भएको तथा ३ हजार घर डुवानमा परि ३ सय परिवार बिस्थापनमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै बाढीबाट १२ हजार सर्वसाधारण प्रभावित भएको र बाढीमा फसेका ८ सय जनाको प्रहरीद्वारा सकुशल उद्दार गरि प्रारम्भिक राहत स्वरुप त्रिपाल, चामल, दाल, भुजा, च्युरा, चाउचाउ, बिस्कुट, नुन, तेल र लत्ताकपडा लगायतका राहत सामाग्रि सरकारी स्तरबाट उपलब्ध गराइएको विज्ञप्तिमार्फ जानकारी गराइएको छ ।
जारि विज्ञप्तिमा प्रदेश २ का ८ वटै जिल्लामा १ लाख १८ हजार ९ सय ४ घरहरु बाढीबाट प्रभावित भएको, १३ हजार ४४ बिस्थापित घरका ६ लाख ७९ हजार ३ सय १५ जना प्रभावित भएको तथा ३ हजार ५ सय ७४ घर पूर्ण रुपमा क्षति भएको उल्लेख छ ।
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
सारांश
- जारि विज्ञप्तिमा प्रदेश २ का सबैभन्दा बढी रौतहट जिल्लामा बाढीबाट १० जनाको मृत्यु भएको जनाइएको छ ।
- त्यस्तै महोत्तरीमा ६, धनुषामा ५, सिरहामा ५, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।
- बाढीमा धनुषा र रौतहटमा बाढीमा परि एक÷एक जना वेपत्ता भएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया