सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि  विभिन्न सामानको मुल्य दोब्बर

राजविराज राजविराज
|
मंगलबार, श्रावण ७, २०७६
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  •     सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् ।
  • सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको जनाइएको छ ।
  •       सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि अहिले सप्तरीमा अन्य स्थानबाट आउने मालसमानहरु आउन सकिरहेका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
    सरकारले ल्याएको नयाँ कर नीतिको बिरोधमा साउन १ देखी ट्रक ब्यवसायीहरुले सार्वजनीक ढुवानीको सेवालाई ठप्प पारेपछि अहिले व्यापारीहरुले सास्ती ब्यहोर्नु परेको छ । 
    सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् । सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको जनाइएको छ । 
    सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि अहिले सप्तरीमा अन्य स्थानबाट आउने मालसमानहरु आउन सकिरहेका छैनन् । बजारमा विभिन्न दैनिक उपभोग्य बस्तुको सामानदेखी फर्निचर, कागज, खाद्यान्नलगायतमा मुल्य बृद्धि समेत भएको छ । जसकारण उपभोक्ताले सास्ती ब्यहोर्नु परेको छ । 
    ढुवानी सेवा बन्द भएपछि तरकारीको मूल्य दोब्बर हुनुका साथै विभिन्न सामानहरुको बजारमा अभाव भएको छ । पसलले भण्डारण गरेको सामानहरु सकिएपछि उपभोक्ताले चाहे अनुसारको सामान खरीद गर्न सकिरहेका छैनन् । 
    ब्यवसायीहरुले सांकेतिक रुपमा आ–आफ्नो ट्रक ग्यारेजमा थन्काउने निर्णय गरिएको भएपनि सडकमा चल्ने सवारी साधनहरुलाई भने अवरोध गरेका छैनन् । 
    सरकारले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा प्रावधान थप गर्दै बुधबारदेखि वेबमा आधारित ढुवानी प्रणाली भीसीटीएस लागु गर्ने निर्णय गरेको हो । 
    भीसीटीएसअन्तर्गत ढुवानीकर्ताले ढुवानी गर्ने मालसामानको सूची अनलाइनमा आधारित भएर बनाउनु पर्छ । यसका लागि पहिले राजस्व अनुसन्धान विभागको साइटमा गएर युजर नेम र पासवर्ड लिनुपर्छ । त्यही युजर नेम र पासवर्डका आधारमा ढुवानी गरिने मालसामानको सूची बनाउनु पर्छ । ढुवानीको सूची बनाउँदा ढुवानी गरिने मालसामानको प्रकृति, त्यसको बिल विजक नम्बर, प्रज्ञापनपत्र नम्बर, त्यसको प्यानमा भ्याट नम्बर पनि उल्लेख गर्नुपर्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव