बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा 

राजविराज राजविराज
|
बुधबार, श्रावण १५, २०७६
|
|
१३३ पटक हेरिएको
Shares

सारांश

  •     बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ ।
  • यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
  •       विश्व विद्यालयका भाइस चान्सलर डा.

दैनिक समाचारदाता
काठमाडौं, १४ साउन । 
    भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएलमुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैर नाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ । 
    बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ । 
    विश्व विद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राख्दै नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको बताए ।
    यस्तै नेपाली विद्यार्थीहरुका लागि भर्ना गर्ने प्रकृया र छात्रवृत्तिका विषयमा बिएमएलमुन्जल विश्वविद्यालयका निर्देशक अमित शर्माले जानकारी गराए । 
    डा.मनोज अरोडाले बिएमयूमा नेपाली विद्यार्थीहरुको प्रभावशाली उपलब्धी र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरेर कसरी विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षाको पहुँच पुर्याउन सकिन्छ भन्ने विषयमा जानकारी गराए । 
    उनले शैक्षिक वर्ष २०१९–२०२० देखि बिएमयूले ८ वटा स्नातक पाठयक्रमहरु थपेको जानकारी दिँदै जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् । 
    विश्वविद्यालयले बिटेक पाठयक्रमहरुमा पनि विशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकल इन्जिनियरिङमा अटोमोबाइल इन्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमा विशेषज्ञता, सिभिल इन्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवल म्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेसन इन्जिनियरिङमा इन्टरनेट अफथिङमा विशेषज्ञता र कम्प्यूटर साइन्स तथा इन्जिनियरिङमा साइबर सेक्यूरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समा विशेषज्ञता प्रदान गर्दछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
“रमजान दान अभियान” सुरु
“रमजान दान अभियान” सुरु
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव