आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति

राजविराज राजविराज
|
मंगलबार, श्रावण २८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति

सारांश

  •     सो आगलागीबाट घर भित्र रहेको खद्यान्न, अन्नपात, भडावर्तन, लत्ताकपडा, टेबुल, कुर्सी तथा फर्निचर लगायत नगद जिन्सी गरि करिब दश लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
  •     आगोलाई स्थानियबासी हनुमाननगरबाट गएको बरुण यन्त्र तथा शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
  •       यसैबीच अग्नीपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा मंगलबार दिउँसो आगलागी हुदा पाँच वटा घर जलेर नष्ट भएका छन । सो आगलागि खाना पकाउने क्रममा भएको जनाइएको छ ।      तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका महन्थी मुखिँयाको घरमा आगलागी हुदा निजको ३ वटा घर जलेको छ भने छिमेकी देबीलाल मुखिँयाको दुई वटा घर नलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले जानकारी दिएका छन् । 

    सो आगलागीबाट घर भित्र रहेको खद्यान्न, अन्नपात, भडावर्तन, लत्ताकपडा, टेबुल, कुर्सी तथा फर्निचर लगायत नगद जिन्सी गरि करिब दश लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
    आगोलाई स्थानियबासी हनुमाननगरबाट गएको बरुण यन्त्र तथा शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष सिंहले बताए । 
    यसैबीच अग्नीपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले संयुक्त रुपमा अग्नीपीडित दुवै परिवारलाई राहत प्रदान गरेका हुन् । 
    तत्काल खानका लागि १०÷१० किलो मुरही, ५÷५ किलो च्यूरा, दुई÷दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक÷एक किलो भुजिया, एक÷एक किलो नुन, एक÷एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
दुई सातादेखि विद्यालय नगएका छात्र मृत फेला, २६ वर्षिया महिलाद्वारा आत्महत्या 
सबै जुटे सरसफाईमा
सबै जुटे सरसफाईमा
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
सय कार्टुन बढी मदिरा बरामद
सय कार्टुन बढी मदिरा बरामद