दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
मुआब्जासहित तीन सूत्रिय माँग राख्दै गत शनिबारदेखी अनशनमा बसेका कोशीपीडितहरुले नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा आफूहरुको समस्या राख्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
भारतीय पक्षसँग नेपाल सरकारले ठोस रुपमा कुरा राख्न नसकेको भन्दै सुनसरी र सप्तरीको सीमाना पर्ने कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै रिले अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुर तिनै जिल्लाका कोशी पीडितहरुले आक्रोश पोखेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकरसँग नेपाल सरकारले कोशीपीडितहरुको माँग बारे गम्भिरता नदेखाएको भन्दै उनीहरु झनै आक्रोसित भएका छन् ।
बिहीबार अनशन स्थलमै कोशीपीडित उत्थान समाजका सचिव धनश्याम झाले भारतीय विदेश मन्त्रीको आगमनको बेला आफूहरुको मुआब्जा र बालीको क्षति बारे ठोस रुपमा कुरा राख्ने आश राखेपनि यसबारे कुनै निष्कर्ष र ठोस रुपमा कुरा नउठाइएको बुझिएको कारण आफूहरुको आशा निराशामा परिणत भएको बताए । उनले अब आन्दोलन झनै चर्काउने चेतावनी समेत दिए ।
कोशीपीडित डुवान कटान संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले नेपाल र भारतबीच काठमाडौंमा भएको संयुक्त आयोगको पाँचौं बैठकमा सरकारले आफूहरुको मुद्दालाई गम्भिर रुपमा उठान गर्न नसकेको भन्दै अब आन्दोलनलाई चर्काउनुको विकल्प नरहेको सुनाए ।
बैठकमा बाढी नियन्त्रण गर्न निकासहरु खोज्ने विषयमा दुबै देश सहमत बनेपनि २०११ सालमा नेपाल भारतबीच भएको कोशी सम्झौताको सन्दर्भमा भने पीडितलाई क्षतिपूर्ती र मुआब्जाको विषयमा खासै कुरा नेपाल सरकार पक्षबाट नउठाइएको आफूहरुलाई जानकारी प्राप्त भएको उनले बताए ।
देशमा पटक पटक राजनीतिक परिवर्तन हुँदा पनि कोशीपीडितहरुको समस्या ज्युँका त्युँ छ । उनीहरुको समस्या समाधानका लागि भारतीय सरकारसँग कुटनीतिक पहल तथा ठोस रुपमा कुनै पनि सरकारले कुरा राख्न नसकेको कोशीपीडितहरुको गुनासो छ ।
यता कोशीपीडितहरुद्वारा बिशाल बिरोध प्रदर्शन र आमसभा गरि गत शनिबारदेखी थालिएको रिले अनशन बिहीबार पनि जारि छ । बिहीबार छैटो दिनको अनशनमा दुर्गानन्द चौधरी, बेचन खड्गा, मुनुलाल यादव, प्रमोद मण्डल, रामनारायण माली लगायत १८ जना अनशनमा बसेका छन् ।
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित
सारांश
- भारतीय पक्षसँग नेपाल सरकारले ठोस रुपमा कुरा राख्न नसकेको भन्दै सुनसरी र सप्तरीको सीमाना पर्ने कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै रिले अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुर तिनै जिल्लाका कोशी पीडितहरुले आक्रोश पोखेका हुन् ।
- दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकरसँग नेपाल सरकारले कोशीपीडितहरुको माँग बारे गम्भिरता नदेखाएको भन्दै उनीहरु झनै आक्रोसित भएका छन् ।
- बिहीबार अनशन स्थलमै कोशीपीडित उत्थान समाजका सचिव धनश्याम झाले भारतीय विदेश मन्त्रीको आगमनको बेला आफूहरुको मुआब्जा र बालीको क्षति बारे ठोस रुपमा कुरा राख्ने आश राखेपनि यसबारे कुनै निष्कर्ष र ठोस रुपमा कुरा नउठाइएको बुझिएको कारण आफूहरुको आशा निराशामा परिणत भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया