प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान

राजविराज राजविराज
|
शनिबार, भाद्र ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान

सारांश

  •      उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सुरुवात गरेका हुन् ।
  • उनीसँगै आएका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोपेका थिए ।
  •       सो अवसरमा सामाजिक विकास मन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा बृक्षारोपन कार्यक्रम संचालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

    राजबिराज÷प्रदेश २ का सबै ८ वटै जिल्लामा शनिबारदेखी एकै साथ हरित प्रदेश अभियान बृक्षा रोपन कार्यक्रम सुरु गरिएको छ । 
    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का सबै ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान बृक्षारोपन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
सोही अभियान अन्तरगत शनिबार सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपिएको छ । 


     उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सुरुवात गरेका हुन् । उनीसँगै आएका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोपेका थिए । 
    सो अवसरमा सामाजिक विकास मन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा बृक्षारोपन कार्यक्रम संचालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे । 


    कार्यक्रमस्थलमा ठूलो संख्यामा उपस्थित स्थानियहरुलाई सम्बोधन गर्दै उनले आदेश र निर्देशन दिने मालिक होइन्, तपाईहरुको नोकर हुँ, त्यसैले यो अभियानमा सघाउन आदेश होइन् आग्रह गर्न चाहन्छु । उनले प्रदेश २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्रकाृतिक प्रकोप तथा वन र वातावरणमा संकट निम्तिदै भावी सन्ततीको जिवन समेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजि तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपन गर्न सबैसँग आग्रह गरे । 
    सप्तरी जिल्लामा हाल १६ प्रतिशत वन क्षेत्र मात्र छ । अभियानका क्रममा यसलाई बृद्धी गरि कम्तिमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्न तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने सरोकारवालाहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका सबै आईसोलेशन वाड खाली
सप्तरीका सबै आईसोलेशन वाड खाली
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी
पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी
जितिया पर्वमा विदाको माग 
जितिया पर्वमा विदाको माग 
कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित
कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित