दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले राजबिराज १५ देउरी भरूवामा नवनिर्मित माँ भगवती मन्दिरमा मुर्ति स्थापनासहित उदघाटन गरेका छन् ।
देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।
सो अवसरमा आयोजित कार्यक्रममा समाजिक बिकास मंन्त्री साहले धार्मिक परम्परालाई निरन्तरताको लागि समाजिक, धार्मिक तथा संस्कृतिक परम्परालाई जिवन्त राख्न सहयोग पुग्ने बिश्वास लिएको बताए ।
मन्त्री साहले देउरी भरूवाको बिकासका लागि आफु काँधमा काँध मिलाएर अगाडि बढ्ने मन्दिरको बिकास लगायत अन्य बिकासका लागि समेत तैयार रहेको बताए ।
मुर्ती स्थापनाको लागि स्थानियहरूको सहभागितामाढ देउरीभरूवा चौकबाट झल्ही नहरसम्म र पुनः कलश यात्रा मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको स्थानिय संतोष कुमार यादबले जानकारी दिए ।
मन्दिर समिति देउरी भरूवाद्वारा आयोजित मुर्ती स्थापना कार्यक्रममा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, देउरी भरूवाका जेष्ठ नागरिक महन्थी यादब, स्थानिय बृद्विजिबी, पुजा समितिका सदस्य तथा मुर्ती दाता मोकेन्द्र यादब पिन्टु, मुर्ती दाता सरोज यादब, पुजा समिति सदस्य संतोष यादब लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सारांश
- देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।
- सो अवसरमा आयोजित कार्यक्रममा समाजिक बिकास मंन्त्री साहले धार्मिक परम्परालाई निरन्तरताको लागि समाजिक, धार्मिक तथा संस्कृतिक परम्परालाई जिवन्त राख्न सहयोग पुग्ने बिश्वास लिएको बताए ।
- मन्त्री साहले देउरी भरूवाको बिकासका लागि आफु काँधमा काँध मिलाएर अगाडि बढ्ने मन्दिरको बिकास लगायत अन्य बिकासका लागि समेत तैयार रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया