भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो

सारांश

  • जिल्लाको बोदेवेर्साइन नगरपालिका ५ शत्रुधन चौकमा शनिबार प्रहरीले गस्ती गर्ने क्रममा स.
  • ५प.
  • ६१४८ नम्वरको मोटरसाइकलसहित अवैध रुपमा ल्याइएको किरानाका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, १५ असार । 
इलाका प्रहरी कार्यालय बोदेवर्साइन सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि मोटरसाइकलमा ल्याउँदै गरेको विभिन्न किरानाका सामानहरु बरामद गरेको छ ।
जिल्लाको बोदेवेर्साइन नगरपालिका ५ शत्रुधन चौकमा शनिबार प्रहरीले गस्ती गर्ने क्रममा स.५प.६१४८ नम्वरको मोटरसाइकलसहित अवैध रुपमा ल्याइएको किरानाका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकलमा सामानहरु लोड गरि आउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्ने बित्तिकै ती व्यक्तिले मोटरसाईकल सोही स्थानमा छाडी फरार भएका थिए । बेवारिसे अवस्थामा रहेका उक्त मोटरसाईकलमा लोड गरेको बोरा कानुन बमोजिम खोली चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न किराना सामानहरु फेला परेको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता हेमराज घिमिरे जानकारी दिए ।
एक लाख ४७ हजार ७ सय ७० बराबरको मोटरसाईकल र किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई सोमबार आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
मिटरब्याजीको आरोपमा भगत पक्राउ
मिटरब्याजीको आरोपमा भगत पक्राउ
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट