अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप

सारांश

  • पीडित दासका अनुसार जिल्ला अदालतबाट एक पटक जग्गाको नाप नक्सा भई विवाद निरुपण भइसकेको अवस्थामा पुनः नयाँ किसिमले नाप जाँच गराई आफुलाई दुःख दिने र अन्याय गर्ने काम भएको बताएका छन् ।
  • उनले आफ्नो नाममा दर्ता रहेको कित्ता नं.
  • ५९४ र ५९५ को जग्गामा निर्माण गरिएको पक्की भवन बल प्रयोग गरी भत्काइएको र कतै कुनै सुनुवाई नभएको दुःखेसो समेत पोखेका छन् ।
दैनिक समाचारदाता
राजविराज २७ असार ।
सप्तरीमा अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले अनौठो तरीका अपनाएको छ । जिल्ला अदालत सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित ६० वर्षिय राजदेव दासको ०.०३८ धुर जग्गा खाली गराउन गरेको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले दासलाई कुटपिट गर्दै हतकडी लगाएर घर भत्काएको भिडियो सार्वजनिक भएको छ ।
पीडित दासका अनुसार जिल्ला अदालतबाट एक पटक जग्गाको नाप नक्सा भई विवाद निरुपण भइसकेको अवस्थामा पुनः नयाँ किसिमले नाप जाँच गराई आफुलाई दुःख दिने र अन्याय गर्ने काम भएको बताएका छन् ।
उनले आफ्नो नाममा दर्ता रहेको कित्ता नं. ५९४ र ५९५ को जग्गामा निर्माण गरिएको पक्की भवन बल प्रयोग गरी भत्काइएको र कतै कुनै सुनुवाई नभएको दुःखेसो समेत पोखेका छन् ।
उनले छिमेकी देव नारायण ठाकुरले पहुँचको बलमा प्रहरी, अदालतका कर्मचारी र नापी शाखाको अमिनको मदतले आफ्नो भवन डोजर लगाएर भत्काई लाखौंको क्षति पु¥याएको आरोप लगाएका छन् ।
यस अघि २०७२ साल चैत्र २ गते उक्त विवादित जग्गाको विषयमा सप्तरी जिल्ला अदालतबाट नापी कार्यालयका प्राविधि सहितको टोलीद्वारा स्थलगत नाप नक्शा भइसकेको उनको भनाई छ । सोही आधारमा कायम भएको जग्गामा घेरवार र भवन संरचना निर्माण गरेको उनको दाबी छ ।
तर विपक्षी ठाकुर पुनः नयाँ किमिसले उक्त जग्गाको नाप जाँच गराई २०८३ आसार २३ गते अदालतका कर्मचारी र प्रहरीको उपस्थितिमा डोजर लगाउन लगाई केही समय अघि मात्र निर्माण गरेको पक्की घर भत्काई दिएको दासको गुनासो छ ।
उनले यस अघि भएको नाप नक्शाको कुनै आधार नलिई सर्वेक्षक राज किशोर साहले पुनः नाप जाँच नक्सांकन गरी आफुलाई अन्यायमा पारेको समेत बताएका छन् ।
उनले पछिल्लो पटक मनपरी ढंगले नाप जाँच गरिएको दावी गर्दे आपत्ती जनाउँदा आफुलाई सोही टोलीमा आएका प्रहरीले कुटपिट गर्दै हतकडी लगाएको र सो क्रममा आफ्नो लुगा समेत च्यातिएको दुःखेसो पोखेका छन् ।
उनले एक पटक समाधान भइसकेको विषयलाई पुनः उठान गरी विवाद सिर्जना गरिएको र डोजर लगाएर घरमा तोडफोड गरिएको बताएका छन् ।
अदालतको पहिलो फैसलाको आधारमा उक्त जग्गामा लाखौको लागि गरेर भवन निर्माण गरेका थियो, दासले भने –“पछिल्लो पटक एक पक्षिय रुपमा पुनः नाप जाँच गराई घरमा तोडफोड गरी आतंक मचाउने काम भएको छ ।” उनले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारवाही तथा आफुले उचित क्षतिपूर्ती रकम पाउनु पर्ने माग गरेका छन् ।
यता सप्तरी जिल्ला अदालतका तहसिलदार कृष्ण कुमार साहले अदालतबाट कसैलाई अन्याय हुने काम नभएको दावी गरे । उनले ठाकुरले दिएकै निवेदनका आधारमा प्राविधिक सम्मिलित टोली स्थल मै पुगि पुनः नाप जाँच गरेको तथा प्राप्त स–प्रमाणका आधारमा जग्गा खाली गराइएको स्पष्ट पारेका छन् ।
उनले उक्त जग्गाको विवाद आपसी छलफल र मेलमिलापबाट समाधान गर्ने प्रयास गरिए पनि सफल नहुँदा कानूनी व्यवस्थानुसार अदालत अघि बढेको स्पष्ट पारे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 

छुटाउनुभयो कि ?

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी

स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव

जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण

जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण

अदालत भित्रै पाकेटमारी

अदालत भित्रै पाकेटमारी

सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   

सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   

घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 

घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 

बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव

बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव