चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
२१ पटक हेरिएको
Shares
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

सारांश

  • सप्तरीको कञ्चनरूप नगरपालिका १२ सिमरास्थित धर्मेश्वर अस्पतालमा मृतक चौधरीका आफन्त तथा स्थानीयहरुले उक्त आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।
  • जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवाका अमित चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो भने नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
  • निर्मलाको आइतबार राति विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
शल्यक्रियामार्फत छोरी जन्माएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै सोमबार प्रदर्शन गरेका छन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका १२ सिमरास्थित धर्मेश्वर अस्पतालमा मृतक चौधरीका आफन्त तथा स्थानीयहरुले उक्त आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।
जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवाका अमित चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो भने नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
निर्मलाको आइतबार राति विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।
मृत्युपछि आफन्तले निर्मलाको शव धर्मेश्वर अस्पताल परिसरमा ल्याएर चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन, दोषी चिकित्सकमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सोमबार बिहानदेखि आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमा प्रदर्शन र नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
घटना विवरण अनुसार असोज २ गते निर्मलाले धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन् । शल्यक्रियापछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी