दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट एक थान पेस्तालेसहित भारततर्फ लैजादै गरेको एक बोरा मदिरा सशस्त्र प्रहरी बलले सोमबार राती बरामद गरेको छ ।
राती १० बजेतिर नेपालबाट भारततर्फ तिब्र गतिमा जाँदै गरेको मोटरसाइकल अचानक दुर्घटनामा परेपछि प्रहरीले बोरा खोलेर हेर्दा २८ बोतल कस्तुरी मदिरा र सोही बोराभित्र लुकाई राखिएको २ थान गोली लोड भएको इन्डिया मेड सिक्सर पेस्तोल एक थान बरामद गरेको हो ।
यता मोटरसाइकलका चालक भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरी निरिक्षक नवीन बुढाथोकीले बताए । उनले भारततर्फ मदिरा लैजाने क्रममा दुर्घटनामा परेको चालक तस्कर हुन सक्ने भन्दै पक्राउ पर्ने डरले उनी फरार भएको जानकारी दिए ।
भारतको बिहार राज्यमा मदिरा निषेध भएपछि विभिन्न उपाय निकालेर तस्करहरु त्यसतर्फ मदिरा लैजाने गरेकाले नाका क्षेत्रमा रात्री गस्ति कडा बनाइएको उनको भनाई छ ।
बरामद भएको नम्बर प्लेट नभएको मोटरसाइकल, पेस्तोल एक थान, गोली दुई थान र २८ बोतल कस्तुरी मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् ।
पेस्तोलसहित तस्करीका मदिरा बरामद
सारांश
- राती १० बजेतिर नेपालबाट भारततर्फ तिब्र गतिमा जाँदै गरेको मोटरसाइकल अचानक दुर्घटनामा परेपछि प्रहरीले बोरा खोलेर हेर्दा २८ बोतल कस्तुरी मदिरा र सोही बोराभित्र लुकाई राखिएको २ थान गोली लोड भएको इन्डिया मेड सिक्सर पेस्तोल एक थान बरामद गरेको हो ।
- यता मोटरसाइकलका चालक भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरी निरिक्षक नवीन बुढाथोकीले बताए ।
- उनले भारततर्फ मदिरा लैजाने क्रममा दुर्घटनामा परेको चालक तस्कर हुन सक्ने भन्दै पक्राउ पर्ने डरले उनी फरार भएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया