लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
६ पटक हेरिएको
Shares
लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

सारांश

  • महासंघ मधेश प्रदेश समितिले मंगलबार अर्थमन्त्री युवराज भट्टराईसमक्ष ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रमा देखिएको आर्थिक संकटका बीच लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्दा सञ्चार माध्यम थप समस्यामा पर्ने जनाएको छ ।
  • पछिल्लो समय सरकारले विज्ञापनमा गरेको कटौती तथा सञ्चार माध्यमको आम्दानी घट्दै जाँदा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यम आर्थिक संकटमा परेको महासंघको भनाइ छ ।
  • मधेश प्रदेश सरकारले गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरणमार्फत विगतका वर्षदेखि सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।
दैनिक समाचारदाता
जनकपुर, १३ असोज । 
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार माध्यमका लागि विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
महासंघ मधेश प्रदेश समितिले मंगलबार अर्थमन्त्री युवराज भट्टराईसमक्ष ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रमा देखिएको आर्थिक संकटका बीच लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्दा सञ्चार माध्यम थप समस्यामा पर्ने जनाएको छ ।
पछिल्लो समय सरकारले विज्ञापनमा गरेको कटौती तथा सञ्चार माध्यमको आम्दानी घट्दै जाँदा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यम आर्थिक संकटमा परेको महासंघको भनाइ छ ।
मधेश प्रदेश सरकारले गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरणमार्फत विगतका वर्षदेखि सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । महासंघका अनुसार रकम न्यून भए पनि त्यसबाट सञ्चार माध्यमलाई केही राहत पुग्दै आएको छ ।
चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणमार्फत लोककल्याणकारी विज्ञापनका लागि बजेट शीर्षक नम्बर २२५२२ मा ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोक्का गरिएपछि अब ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकिने अवस्था बनेको महासंघले जनाएको छ ।
महासंघले सञ्चार माध्यमको आर्थिक अवस्था कमजोर हुँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको बजेटसमेत घटाउँदा यसको प्रत्यक्ष असर सञ्चार माध्यम र पत्रकारको रोजगारीमा पर्ने जनाएको छ ।
ज्ञापनपत्रमा विनियोजित ७० लाख रुपैयाँमध्ये रोक्का गरिएको ५० प्रतिशत रकम फुकुवा गरी पूर्ण बजेट कार्यान्वयन गर्न माग गरिएको छ । साथै पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई थप प्रभावकारी बनाउन विनियोजित बजेटमा कटौती नगरी आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।
महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाडाले सञ्चार माध्यमलाई राज्यको चौथो अंगका रूपमा मात्रै चर्चा गरेर नहुने भन्दै यसको संस्थागत तथा आर्थिक सबलीकरणका लागि सरकारले व्यवहारमै सहयोग गर्नुपर्ने बताए ।
महासंघले लोकतन्त्र, गणतन्त्र र संघीयतालगायतका राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री भट्टराईले उक्त रकम अहिले मात्र रोक्का रहेको र वितरण प्रक्रिया अगाडि बढाएको खण्डमा खुल्ला गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु

छुटाउनुभयो कि ?

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ