सडकछेउको माटो उत्खनन्ले सडक जोखिममा, दुर्घटनाको खतरा बढ्यो

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, मंसिर २, २०८३
|
|
२० पटक हेरिएको
Shares
सडकछेउको माटो उत्खनन्ले सडक जोखिममा, दुर्घटनाको खतरा बढ्यो

सारांश

  • स्थानीयवासीहरूले घरायसी प्रयोजनका लागि सडक छेउको माटो खनेर लगेपछि सडकको छेउमा ठूलो खाल्डो बनेको छ ।
  • सडकको तल्लो भागबाट समेत माटो निकालिएकाले सडकको जग कमजोर बन्दै गएको र जुनसुकै बेला सडक भत्किन सक्ने खतरा बढेको स्थानीयको भनाइ छ ।
  • स्थानीय रमेश झाले सडकछेउबाट यसरी माटो उत्खनन् गर्दा सडक भत्किनुका साथै सवारी दुर्घटनासमेत हुन सक्ने जोखिम रहेको बताए ।
दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी नजिकै सडकको पश्चिमतर्फको छेउबाट जथाभावी माटो खनिएपछि सडक भासिने तथा भत्किने जोखिम बढेको छ ।
स्थानीयवासीहरूले घरायसी प्रयोजनका लागि सडक छेउको माटो खनेर लगेपछि सडकको छेउमा ठूलो खाल्डो बनेको छ ।
सडकको तल्लो भागबाट समेत माटो निकालिएकाले सडकको जग कमजोर बन्दै गएको र जुनसुकै बेला सडक भत्किन सक्ने खतरा बढेको स्थानीयको भनाइ छ ।
स्थानीय रमेश झाले सडकछेउबाट यसरी माटो उत्खनन् गर्दा सडक भत्किनुका साथै सवारी दुर्घटनासमेत हुन सक्ने जोखिम रहेको बताए । उनले समयमै यसतर्फ ध्यान नदिए ठूलो दुर्घटना निम्तिन सक्ने चिन्ता व्यक्त गरे ।
सडकको छेउबाट जथाभावी माटो उत्खनन हुँदा सडकको संरचना नै जोखिममा परेको भन्दै स्थानीयवासीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीयहरूले सम्भावित दुर्घटना र सडक क्षति रोक्न सडक विभाग तथा सम्बन्धित स्थानीय सरकारले तत्काल स्थलगत अनुगमन गरी आवश्यक रोकथाम र संरक्षणका उपाय अपनाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?