बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
६० पटक हेरिएको
Shares

सारांश

  •     एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।
  •     अहिले पबिमाबि र राजरंगशालाको खेलमैदानमा बनाईएको कंक्रिट पिचमा स्कुले बालवालिकाहरू क्रिकेट खेल्दै उत्साहित बनेका छन्् ।
  • विभिन्न बिद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट अभ्यास गर्दैछन्् ।

चन्दन कुमार यादव
राजविराज, १८ कात्तिक ।
    राजबिराजमा केही बर्षदेखि बालवालिकाहरूको क्रिकेट प्रतिको मोह बढ््दै गएको छ ।
    एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।
    अहिले पबिमाबि र राजरंगशालाको खेलमैदानमा बनाईएको कंक्रिट पिचमा स्कुले बालवालिकाहरू क्रिकेट खेल्दै उत्साहित बनेका छन्् । विभिन्न बिद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट अभ्यास गर्दैछन्् ।
    उनीहरूलाई पूर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरी, राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरी, पवन दास, गजेन्द्र माझीले सहजीकरण गरिरहेका छन । प्रत्येक दिन क्रिकेट सिक्ने १० बर्ष देखि १६ बर्ष उमेर समुहका ४० जना सम्म सहभागी हुन्छन ।
    उनीहरू बिहान ६ बजे देखि ८ बजे सम्म र दिउसो साढे ३ बजे देखि ६ बजे सम्म सिकाउने गरेको प्रशिक्षक धर्मेन्द्र चौधरीले बताए ।
    यता प्रशिक्षक चौधरीसँग ३ बर्ष देखी अभ्यास गर्दै आएको रोहन बिकले सन २०१९ मा यु १६ अन्तराष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा छनोट भई खेलिसकेका छन ।
    यसैगरी अर्का यु १६ राष्ट्रिय टोलीमा पर्न सफल खेलाडी प्रशान्त केसी पनि यसै मैदानमा बिगत ४ बर्ष देखि अभ्यास गर्दै टोलीमा पर्न सफल भएका छन ।
    त्यस्तै ५ बर्ष देखि कलिलै उमेरमा नियमित अभ्यासमा रहेको सप्तरीका उदयमान खेलाडी बिवेक यादब अन्डर १९ राष्ट्रिय टिममा पर्न सफल भएका छन । 
    अर्काे महिना भारतको हैदरावादमा हुने प्रतियोगितामा उनी टिममा पर्न सफल भएका छन । उनको लगन र कडा मेहिनेत, नियमित अभ्यासले राष्ट्रिय टोलीमा छनोट भएको क्रिकेट संघका अध्यक्ष आयुष बताछन ।
    दुई बर्षदेखिको उमेरमा नियमित अभ्यासमा रहेका, आशिष झा, विशाल यादब, अजय यादब सप्तरीका उदयमान खेलाडीको रूपमा लिएको बताउदै प्रशिक्षक चौधरीले भने, “उनीहरू चाडै जिल्लास्तरिय टिममा आउन सक्ने खेलाडीको रूपमा हेरिएको छ ।” 
    वालवालिकालाई उनीहरूको स्तरअनुसारको खेल सिकाईन्छ, कोण राख्न, डिफेन्स गर्न, ब्याटिंग, बलिंग गर्न, फिल्डिंग, बललाई एक्सन मिलाउन, नेटमा हान्न, ड्रिल गर्न, मात्र नभई उनीहरूको फिजिकल फिटनेस अनुसार ब्याम समेत गराउने गरेको प्रशिक्षक चौधरी बताछन ।
    खेलाडीहरूले खुल्ला अनि, नेटमा अभ्यास गर्दा उनीहरूको निखारमा परिवर्तन सँगै राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बिश्वास लिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ बताउछन ।
    यसरी अभ्यास गर्दै जादाँ राम्रो खेलाडीलाई सेलेक्सन गरेर जिल्ला स्तरिय, अन्डर १६, १९ तथा प्रदेश स्तरिय प्रतियोगिताहरूको लागि क्याम्पमा राखेर प्रतियोगिताहरूमा सहभागिता गराउदै आएको सप्तरी क्रिकेट सँघका उपाध्यक्ष समेत रहेका धर्मेन्द्र चौधरीको कथन छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु