तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता

राजविराज राजविराज
|
आइतबार, कार्तिक २४, २०७६
|
|
१२० पटक हेरिएको
Shares
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता

सारांश

  •     मैथिली साहित्य परिषदद्वारा आईतवार राजविराजमा आयोजित बिद्यापति स्मृति पर्व समारोह कार्यक्रममा सो कुरा बताउँदै प्रदेश सभा सदस्य यादवले मैथिली भाषाको बिकास बिना मधेशको बिकास हुन नसक्ने समेत जनाए ।
  •     मैथिली भाषाको बिकास र उत्थानमा बिगतका सरकारको उदासिनता देखिएकोमा प्रदेश सरकारले मैथिली भाषाको बिकास र उत्थानका लागि गम्भीर रहेको उनको भनाई छ ।
  • सप्तरीले निर्वाचन क्षेत्र ३ को बनौलीमा बिद्यापतिले बिताएको स्थललाई सो ठाउको उत्थान र बिकास गर्ने प्रतिबद्धता उनले जनाए ।

चन्दनकुमार यादव 
राजबिराज, २४ कात्तिक ।
    प्रदेश सभासदस्य विदेश्वर यादवले प्रदेश २ सरकारले प्रदेशको कामकाजको भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
    मैथिली साहित्य परिषदद्वारा आईतवार राजविराजमा आयोजित बिद्यापति स्मृति पर्व समारोह कार्यक्रममा सो कुरा बताउँदै प्रदेश सभा सदस्य यादवले मैथिली भाषाको बिकास बिना मधेशको बिकास हुन नसक्ने समेत जनाए ।
    मैथिली भाषाको बिकास र उत्थानमा बिगतका सरकारको उदासिनता देखिएकोमा प्रदेश सरकारले मैथिली भाषाको बिकास र उत्थानका लागि गम्भीर रहेको उनको भनाई छ । सप्तरीले निर्वाचन क्षेत्र ३ को बनौलीमा बिद्यापतिले बिताएको स्थललाई सो ठाउको उत्थान र बिकास गर्ने प्रतिबद्धता उनले जनाए ।


    यसैबीच आफ्नो काव्य, प्रतिभा र विद्वताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कविकोकिल विद्यापतिको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् सप्तरीले विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।
    विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रमको अन्तिम दिन आइतबार झाँकी प्रदर्शन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणबाट विद्यापतिको महत्व झल्कने आकर्षक झाँकी सहित निस्केको जुलुस नगर परिक्रमा पश्चात मैथिली भवनमा पुगी श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण समारोहमा परिणत भएको थियो ।
    यसअघि शुक्रबार मैथिली पढाई उत्प्रेरक कार्यदलको संयोजनमा तिरहुता लेखन तथा मैथिली कलाकार परिषद्को संयोजनमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । यस्तै शनिबार मैथिली साहित्य परिषद्को संयोजनमा साहित्यिक गोष्ठि, महाकवि विद्यापति निर्वासित भएका बेला बनौलीस्थित राजा पुरादित्वको दरवारको अवशेषको अवलोकन र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्तले जनकारी दिए ।
    बिद्यापति स्मृति पर्व तथा समारोह को अन्तिम दिन मैथिली भवनमा आयोजित श्रद्वान्जली तथा सम्मान कार्यक्रम मैथिली, भाषा तथा उत्थानमा योगदान पु¥याउने विभिन्न ब्यक्तीहरू सम्मानित भएका छन ।


    सो अवसरमा बिजेन्द्र बिनोद स्मृति कला संस्कृतिक पुुरस्कारबाट तिलाठी निवासी तथा ख्याती प्राप्त गायक उदित नारायण झाको प्रारम्भिक साँगितिक गुरु सुधान्नद झालाई सम्मानित भएका छन ।
    यसैगरी शिवदत मिश्र स्मृति मैथिली पुरस्कार वाट पुर्व प्रअ तथा मैथिली भाषा, संस्कृति, साहित्य तथा पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्यांकन गर्दै देवेन्द्र मिश्रलाई ५ हजार १ रूपैया वाट दोसला ओढाएर सम्मान गरेका छन ।
    त्यस्तै शिवदत मिश्र स्मृति मैथिली पुरस्कारवाट मैथिली साहित्य, कला, संस्कृति, रेडियोकर्मि, तथा संचारकर्मी महेन्द्र मण्डल बनवारीलाई नगद ५ हजार १ वाट दोसला, ओढाएर, सम्मान पत्रवाट पुरस्कृत गरेका छन ।
    त्यस्तै मैथिली हाजरी जवाफ प्रतियोगितामा प्रथम हुने शिब ईन्टरनेशनल बोडिंग स्कुल, राजबिराज दोस्रो ग्लोवल बोर्डिङ्ग स्कुल राजबिराज र तेश्रो स्थान हुने ईष्टर्न ज्योती बोर्डिङ्ग स्कुल भारदह, तथा सन्तवना पुरस्कारबाट लिटिल एन्जल स्कुल राजबिराजलाई पुरस्कृत गरेको मैथिली साहित्य परिषदका सचिव अजय कुमार झाले जानकारी दिए ।
    मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व सभासद् रन्जु ठाकुर, मैथिली साहित्य परिषदको सल्लाहाकार डा. हेम कुमार मिश्रा, राजपा नेपाल केन्द्रीय सदस्य बिरेन्द्र कुमार साह, महेन्द्र मण्डल बनवारी, देवेन्द्र मिश्र, पुर्व अध्यक्ष अमरकान्त झा, मैथिली अभियमनी डा. अखिलेश झा, पुर्व प्राचार्य मिना ठाकुरले विद्यापतिको बारे चर्चा गरेका थिए । 
    सो अवसरमा पुर्व प्राचार्य नथुनी दासले मैथिली महिला साहित्यकार तथा शसक्तीकरण पुरस्कार २०७७ को स्थापना समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप
लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप
सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
नेपाल सहकारीको ४६ लाख नाफा 
नेपाल सहकारीको ४६ लाख नाफा 
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी