बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने

राजविराज राजविराज
|
शनिबार, पौष ५, २०७६
|
|
६४ पटक हेरिएको
Shares
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने

सारांश

  •     जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो ।
  • यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
  •     बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो ।

दैनिक समाचारदाता
काठमाडौं, ४ पुस । 
    अबदेखी जीवन बीमा गर्दा जो सुकैले आफ्नो सम्पत्ति कालोधन नभएको अनिवार्य रुपले प्रमाणित गर्नु पर्ने भएको छ । 
    जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो । यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
    बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो । 
    नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा जिल्लास्थित सबै शाखा प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी १० पृष्ठ लामो निर्देशिका नै पठाएर कार्यान्वयनमा ल्याएको छ ।
    त्यस्तै, एलआईसी इन्स्योरेन्सले पनि बीमिति स्वयम्लाई कालोधन नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालिएको हो । 
    बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरामा हस्ताक्षर गराउने गरिएको छ ।
    त्यस्तै, नेपाल लाईफले पनि कालोधन प्रशोचन हुन नदिन आवश्यक बीमा गर्दा बीमितिलाई नै कालोधन नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । 
    बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको इन्स्योरेन्स खबरले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस काउन्सीलको वर्गिकरणमा  राजविराज दैनिक पुनः “क” वर्गमा 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण