एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष २८, २०७६
|
|
७४ पटक हेरिएको
Shares

सारांश

  •     यसअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
  •       सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान थालेपछि सो सफलता प्राप्त गरेको हो ।
  •     तीन महिलासहित पक्राउ परेका सबै १० जना सप्तरीको खडक नगरपालिकाकै हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
    सप्तरी प्रहरीले एकै दिन एउटै नगरपालिकाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । 
    यसअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । 
    सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान थालेपछि सो सफलता प्राप्त गरेको हो ।
    तीन महिलासहित पक्राउ परेका सबै १० जना सप्तरीको खडक नगरपालिकाकै हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीका अनुसार पक्राउ पर्नेहरुमा कुटपट मुद्दाका सर्वाधिक ७ जना छन् । सो मुद्दाका पक्राउ पर्ने फरार प्रतिवादीहरुमा खडक नगरपालिकाका हरेराम साह, सशत्रुहन साह, अमिन मियाँ, जमिला खातुन, सदाय मियाँ, अनेसुन खातुन र सनाबुल मियाँ छन् । 
    यस्तै सवारी ज्यान मुद्दाका इनरलाल साह, जालसाजि मुद्दाका इस्लाम मियाँ र गाली बेइजती मुद्दाका फरार प्रतिवादी घुरनीदेवी यादव पनि पक्राउ परेका छन् । उनीहरु पनि खडक नगरपालिकाकै बासिन्दा रहेको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिए । 
    आइतबार साँझ पक्राउ परेका उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतमा बुझाइएको डिएसपी भारतीले बताए । यो सँगै एक महिनाको अवधीमा विभिन्न अपराधका फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५२ पुगेको छ । 
    यता प्रहरी उपरिक्षक कृष्ण प्रसाइले अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै यसमा सघाउन सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु