ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय

राजविराज राजविराज
|
मंगलबार, पौष २९, २०७६
|
|
७९ पटक हेरिएको
Shares
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय

सारांश

  •     राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढ्ने भ¥याङको कुनामा बम फेला परेको हो ।
  • बिहान १०ः३० बजे तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद्घबस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
  •       यता सेतो कार्टुनमा खतरा लेखिएको तथा बिजुलीको तार बाहिर निस्केको बस्तु बम भएको खबर सँगै बैंकका कर्मचारी तथा भुईतल्लामा रहेका अन्य पसलेहरु त्रसित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    राजविराजस्थित एन आई सि एसिया बैंकमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाले निस्कृय गरेको हो ।  
    राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढ्ने भ¥याङको कुनामा बम फेला परेको हो । बिहान १०ः३० बजे तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद्घबस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
    यता सेतो कार्टुनमा खतरा लेखिएको तथा बिजुलीको तार बाहिर निस्केको बस्तु बम भएको खबर सँगै बैंकका कर्मचारी तथा भुईतल्लामा रहेका अन्य पसलेहरु त्रसित भएका थिए । 
    बम राखिएको खबर प्राप्त भएपछि भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरसहित क्याप्टेन कमल श्रेष्ठ नेतृत्वको बम डिस्पोजल टोली सो स्थानमा पुगी वरपर खाली गराएको थियो ।
    सेनाको बम डिस्पोल टोलीले डेढ घण्टाको प्रयास पछि उक्त बम निस्कृय बनाएको प्रमुख सेनानी कुँवरले बताए ।
    बैंक प्रबन्धक मुकेश साहले विहान ९ बजे बैंकमा आउँदा कुनै शंकास्पद्घ वस्तु नदेखेको बताउँदै बैंक खुलेपछि कोहि ग्राहक बनेर आएका व्यक्तिले नै त्यो बम राखेको हुन सक्ने आशंका व्यक्त गरे । यद्दपी बम कसले र कीन राखेको बारे स्पष्ट हुन सकेको छैन् । यसबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
आगलागिमा दुई लाख बराबरको क्षति
आगलागिमा दुई लाख बराबरको क्षति
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस