महँगीका कारण महँगियो माटाका मूर्ती

राजविराज राजविराज
|
शनिबार, माघ ११, २०७६
|
|
८० पटक हेरिएको
Shares
महँगीका कारण महँगियो माटाका मूर्ती

सारांश

  •     राजविराजस्थित सिरहा रोड, अदालत रोड, रुपनी रोडलगायत आधा दर्जन स्थानमा मूर्तीकारहरु अहिले सरस्वती मूर्तीलाई अन्तिम रुप दिने काममा दिनरात खटिएका हुन् ।
  • तर, मूर्तीकार र मूर्ती किन्न आउने दुबै मूर्तीको मुल्यलाई लिएर चिन्तित देखिन्छन् ।
  •       अहिले विभिन्न आकारमा बनाइएका सरस्वतीको माटोको मूर्ती ४ हजार देखी १५ हजार रुँपैयासम्ममा बिक्रि भइरहेको छ ।

    राजविराज÷सरस्वती पूजाका लागि मूर्तीकारहरुले अहिले माटाका मूर्ती बनाउन दिनरात लागिपरेका छन् । 
    मूर्तीकारहरु माटोले बनाएका कलात्मक सरस्वतीको मूर्तीलाई रंगरोगन र साँजसज्जा गर्दै अन्तिम रुप दिनैमा व्यस्त छन् । तर, ती माटाका मूर्तीहरु अहिले महँगीका कारण महँगीएको छ ।     मूर्ती बनाउन प्रयोग गर्ने काचो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्रि लगायतमा मूल्य बढेका कारण बनाइएको माटाका मूर्तीहरुको मुल्य समेत बढेको मूर्तीकारहरुको भनाई छ ।  
    यता मूर्तीको मुल्य बढेपछि विगतको जस्तो मुर्ती खरीद गर्न यूवा विद्यार्थी तथा विद्यालयहरु चासो नदेखाको उनीहरुको गुनासो छ । 
    राजविराजस्थित सिरहा रोड, अदालत रोड, रुपनी रोडलगायत आधा दर्जन स्थानमा मूर्तीकारहरु अहिले सरस्वती मूर्तीलाई अन्तिम रुप दिने काममा दिनरात खटिएका हुन् । तर, मूर्तीकार र मूर्ती किन्न आउने दुबै मूर्तीको मुल्यलाई लिएर चिन्तित देखिन्छन् । 
    अहिले विभिन्न आकारमा बनाइएका सरस्वतीको माटोको मूर्ती ४ हजार देखी १५ हजार रुँपैयासम्ममा बिक्रि भइरहेको छ । तर, मूर्तीको मुल्य अत्याधिक भएको भन्दै यूवा विद्यार्थी र विभिन्न विद्यालयबाट आउने अर्डर घटेको मूर्तीकारहरु बताउँछन् ।
    विगत एक महिनादेखी राजविराज ७ मा कोठा भाडामा लिई सरस्वती पूजाका लागि माटोका मूर्ती बनाउँदै गरेका डाक्नेश्वरी नगरपालिका ८ का ३६ वर्षिय रमानन्द रामले एउटा सानोखाले मूर्ती बनाउँदा ३ हजारसम्म खर्च पर्ने गरेकोमा त्यसलाई ४ हजारमा विक्रि गर्न राखिएपनि बिक्रि नहुने गरेको गुनासो गरेका छन् । 
    यस्तै राजविराज नगरपालिका २ तेतेरी गाछी टोलमा मूर्ती बनाउँदै गरेका बोदेबर्साइन नगरपालिका ८ का ४० वर्षिय बुधेश्वर रामले पनि लगत खर्च जोडेर मुल्य कायम गर्दा धेरै महँगो भयो भनेर अधिकांश यूवा विद्यार्थीहरु अर्डर नगरि फर्किने गरेको बताए । 
    सरस्वती पूजा आउन ५ दिन मात्र बाँकी छ अर्का मूर्तीकार महेन्द्र पालले अहिलेसम्म ४५ वटा मूर्ती बनाइसकेकोमा अर्डर भने २३ वटाको मात्र पाएको बताए । 
    स्थानीय केशो अनिरुद्धबत्ति माविका प्रधानाध्यापक बिनोद साह अब माटोका मूर्तीको सट्टा विद्यालयहरुमा भारतको जयपुरमा बनाइएका संगमरमरका सरस्वतीका मूर्तीहरु नै राखिएर पूजा गर्ने चलन बढ्दै गएपछि माटोको मूर्ती बिक्रि हुने क्रम घट्दै गएको बताउँछन् ।
    तसर्थ यस पेशामा लागेका मूर्तीकारहरुको पेशा संकटमा पर्न नदिई संरक्षण र सम्वद्र्धनका लागि राज्य पक्षबाट विशेष पहल र प्रोत्साहन दिनु जरुरी रहेको स्थानिय बुद्धिजिविहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु