बरही पुर्ण सरसफाई बस्ती घोषणा 

राजविराज राजविराज
|
आइतबार, माघ १२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
बरही पुर्ण सरसफाई बस्ती घोषणा 

सारांश

  •     एक कार्यक्रम बिच ब्यानर पढेर बरहीको राय र बिचला टोलका को १ सय २९ घरधुरीलाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा गरेका हुन् ।
  •     बस्तीमा पुर्णसरसफाईका ७ वटा सुचक अनुसार चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई, वातावरणिय सरसफाइमा सक्रिय देखाएकोले बस्तीलाई घोषणा गरिएको हो ।
  •       वरहीबिरपुरलाई नमुना बस्तीका लागि वस्तीहरु छनौट गरी वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा छनोट भई उक्त वस्तीहरुमा विभिन्न समुहहरु गठन गरी कार्यक्रम संचालन गरिएको सबल नेपालका प्रमेश्वर झाले बताए ।

दैनिक समाचारदाता
राजबिराज, १२ माघ
    जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालिका १ को बरहीको राय र बिचला टोललाई आइतबार पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा गरेका छन् ।
    एक कार्यक्रम बिच ब्यानर पढेर बरहीको राय र बिचला टोलका को १ सय २९ घरधुरीलाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा गरेका हुन् ।
    बस्तीमा पुर्णसरसफाईका ७ वटा सुचक अनुसार चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई, वातावरणिय सरसफाइमा सक्रिय देखाएकोले बस्तीलाई घोषणा गरिएको हो । 
    वरहीबिरपुरलाई नमुना बस्तीका लागि वस्तीहरु छनौट गरी वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा छनोट भई उक्त वस्तीहरुमा विभिन्न समुहहरु गठन गरी कार्यक्रम संचालन गरिएको सबल नेपालका प्रमेश्वर झाले बताए ।
    बरहीको राय, बिचला टोलको वाटो घाटो सरसफाई भएको, चर्पी प्रयोग भएको, प्रत्येक घरमा भाँडो सुकाउने ¥याक निर्माण भई प्रयोगमा रहेको विभिन्न फोहोरहरुलाई कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरेको र विभिन्न प्लास्टिक जन्य फोहोरलाई एक ठाँउमा जम्मा गरी विभिन्न सामाग्रीहरु बनाई प्रयोगमा ल्याएकोले घोषणा गरिएको वडा अध्यक्ष बिनोद यादबले बताए । 
    सो अवसरमा छिन्मस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, जिल्ला समन्वय समितिका अधिकारी नवराज खडका, बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्ण, खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख शैलेन्द्र झा, सबल नेपालका प्रबन्धक अशोक साह, पत्रकार शुभनारायण यादब, कार्यक्रम अधिकृत देवेश चौधरीलगायतले पुर्ण सरसफाई तर्फ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
    एसएनभि नेपालको सहयोगमा सबल नेपालले सबैको लागि दिगो सरसफाई कार्यक्रम अन्तर्गत साविकका गाविसहरु बरही विरपुर र ईटहरी विष्णुपुर हालको छिन्नमस्ता गाँउपालीकाको वडा नं १ र ७ विष्णुपुर गाँउपालीकाको वडा नं ६ र ७ सरसफाई कार्यक्रम संचालनमा रहेको सबलका कार्यक्रम संयोजक झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ