गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना

राजविराज राजविराज
|
बुधबार, माघ १५, २०७६
|
|
६९ पटक हेरिएको
Shares
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना

सारांश

  •     बुधबार राजविराजमा आयोजित एक कार्यक्रमबिच मुख्य न्यायाधिवक्ता झाले कानुन सहायता कक्ष अधिकृतको कार्यालयको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।
  •       उनले महिला हिंसामा परेको, मानवअधिकारको हनन् भएको, न्यायमा पहुँच नभएका गरिव निमुख्खा जनताले अब यस कार्यालयबाट सहयोग लिन सक्ने विश्वास व्यक्त गरे ।
  •       प्रदेश सरकारले स्थापना गरेको कानुन सहायता अधिकृतको कार्यालयबाट सप्तरीका लक्षित वर्गले निशुल्क सेवा लिन सक्ने उनको भनाई छ ।

दैनिक समाचरादाता
राजविराज, १५ माघ ।
    प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले असहाय, अशक्त, नबालक, महिला, दलित, मुस्लिम, विपन्न वर्गलगायतलाई सेवा पु¥याउने उद्देश्यले निशुल्क कानुनी सहायत कक्ष स्थापना गरिएको बताएका छन् । 
    बुधबार राजविराजमा आयोजित एक कार्यक्रमबिच मुख्य न्यायाधिवक्ता झाले कानुन सहायता कक्ष अधिकृतको कार्यालयको उदघाटन गर्दै सो कुरा बताएका हुन् । 
    उनले महिला हिंसामा परेको, मानवअधिकारको हनन् भएको, न्यायमा पहुँच नभएका गरिव निमुख्खा जनताले अब यस कार्यालयबाट सहयोग लिन सक्ने विश्वास व्यक्त गरे । 
    प्रदेश सरकारले स्थापना गरेको कानुन सहायता अधिकृतको कार्यालयबाट सप्तरीका लक्षित वर्गले निशुल्क सेवा लिन सक्ने उनको भनाई छ । 
    सोही उद्घाटन कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश चन्द्रमणि ज्ञवाली आर्थिक रूपमा कमजोर न्याय प्राप्तिका लागि सहयोग पुग्ने उद्देश्यले तथा आर्थिक रुपमा विपन्न जनताले न्याय पाउन नसकेको अबस्था यस सहायता केन्द्रबाट न्याय प्राप्त गर्न सक्ने बिश्वास वयक्त गरे ।
    प्रदेश कानुन सहायता अधिकृत किरण कुमारी साहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतम, कंचनरूप नगरपालीका निरू पोखरेल, उच्च अदालत वार ईकाई अध्यक्ष रमान्नद साह, जिल्ला बारका अध्यक्ष डोमन साह, अधिवक्ता केशव दासलगायतले न्यायिक समितिमा आउने गरिव, असहाय, महिला तथा अन्य पीडितका लागि निष्पक्ष रूपमा सहज र शुलभ तरीकाले न्यायमा पहुँच पु¥याउन सहायता कक्षले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य