दैनिक समाचारदाता
राजबिराज, २३ माघ ।
दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बिहीबार एक दिने सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् ।
सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरेको उनले बताए । अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालीकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए ।
कुनै पनि बच्चा खोप खुवाउनबाट बञ्चित नभएको वा छुटेको भनी वडा, पालिका, तथा जिल्ला खोप समन्वय समितिवाट प्रमाणित गरिदिएपछि शतप्रतिशत खोप खुवाएको बुझिने प्रमुख यादबले जिकिर गरे ।
जिल्लाको विभिन्न वडा र पालीकावाट गरिने तीन चरणको अभियानका लागि ५३ लाख ८७ हजार १ सय ६० रूपैयाँ बिनियोजना गरिएको कार्यालय प्रमुख यादवको भनाई छ ।
सोही कार्यक्रममा डब्लुएचओका डा. श्रीराम साहले राष्ट्रिय खोप कार्यक्रम अनुसार देशभरीमा ७८ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन भने २१ प्रतिशतले आंशिक खोप तथा एक प्रतिशत वालवालिका खोपबाट वञ्चित रहेको बताए । उनले प्रदेश २ मा पनि ७३ प्रतिशत वालवालिका खोप लगाएको तथा २७ प्रतिशत बालवालिका खोपवाट बञ्चित रहेको जानकारी दिए ।
जिल्ला खोप समन्वय समिति का अध्यक्ष प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, राजबिराज नगर उपप्रमुख साधना झा, जिल्ला शिक्षा बिकास समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजका प्रमुख डा. चुमनलाल दास, शसस्त्र प्रहरी नायव उपरिक्षक बद्री नारायण चौधरीलगायतको सहभागिता रहेको थियो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा नोवेल कोरेना भाईरस रोग वारेमा छलफल गरिएको छ ।
हालै चिनमा नोवेल कोरेना भाईरस रोगका कारण ४ सय २५ जनाको मृत्यु भएकोले नेपालमा पनि कोरेना भाईरसको प्रकोपले १४ जना शंकास्पद भेटिएको बताईएको छ ।
यता कोरेना भाईरस रोग लाग्न नदिन र भेला परेका रोगी लाई नियन्त्रणमा लिएर नजिकको स्वास्थ केन्द्रमा पु¥याउन राजबिराज विमानस्थल र तिलाठी भन्सारमा सम्पर्क केन्द्र खोल्ने स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
पशुहरूवाट लाग्ने रोग भएकोले मानिसहरूमा पनि त्यहीवाट सर्न सक्ने भएकोले रूघाखोकी गर्दा रूमाल प्रयोग गर्ने, ज्वरो लागेमा नजिकको स्वास्थ केन्द्र उपचार गराउने, ब्यक्तिगत सरसफाईमा ध्यानदिने, मासु खादा सावधानी अपनाउने, अरूलाई नसर्न गरी आफै सर्तकता अपनाउन डा. श्रीराम साहले जानकारी दिए ।
दादुरा रूवेला खोप अभियान फागुन १ देखी
सारांश
- जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् ।
- सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरेको उनले बताए ।
- अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालीकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया