मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
६७ पटक हेरिएको
Shares
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न

सारांश

  •     सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो.
  • हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
  •       नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात् तिन दिने सम्मेलन सम्पन्न भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 
    सप्तरीको बोदेबर्साइन वडा नं. ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक महासभा इज्तिमा सोमबार सम्पन्न भएको छ । 
    सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए । 
    नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात् तिन दिने सम्मेलन सम्पन्न भएको हो । 
    यता सम्मेलनमा भाग लिन आएकाहरु आ–आप्mनो गाडी चढेर सोमबार घर फर्कदा जिल्लाको ट्राफिक व्यवस्थामा समस्या भएको छ । हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
    यस्तै अहिले कार्यक्रम स्थल भने दुर्गन्धित भएको छ । तिन दिन सम्म लाखौं व्यक्ति बस्दा दिशापिसाव, खानपिन आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानियहरुले बताएका छन् ।    आयोजकले महासभाका लागि २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको छ ।
    स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ । 
    यसअघि मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको थियो । 
    भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हारुनको शनिबार बेलुका ६ बजे निधन भएको थियो । त्यस्तै अर्का एक नेपालीको मृत्यु भएको थियो । उनको पनि आफ्नै कालगतिले निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
महँगीका कारण महँगियो माटाका मूर्ती
महँगीका कारण महँगियो माटाका मूर्ती
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप