दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
नोभेल कोरोना भाइरसको त्रासबीच यस पटकको होली पर्व खल्लो हुने भएको छ ।
कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् । जसले गर्दा पनि यस पटकको होली खल्लो हुने भएको छ ।
होली पर्वमा मांसाहारी भोजन गर्ने चलन रहेपनि यस पटक मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो ।
काठमाडौंसहित पहाडी जिल्लामा सोमबार होली मनाईदै छ । यता होलीका लागि प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिने सार्वजनिक विदा दिएको छ ।
यस्तै यस पर्वमा प्रयोग गरिने रंग, अबिर, फुचकारी, बैलुन तथा प्रसाद र विभिन्न परिकार सामग्रीहरुको मुल्य पनि आकाशिएकाले सर्वसाधारणलाई पिरोलेका छन् । स्थानिय बजारमा त्यस्ता सामग्रीहरुको मुल्य अत्याधिक रहेको छ । महंगी नियन्त्रणको प्रयास कतैबाट नहुँदा पनि यस पटकको होली पर्वको तयारी उत्साहजनक हुन सकेको छैन ।
यसैबीच कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासन र स्थानिय तहहरुले होली कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेका कारण पनि होली उत्साहमा कमी आएको छ ।
सप्तरीमा होलीका अवसरमा करिब आधा दर्जन कला तथा सांस्कृतिक समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका थिए । तर, यस पल्ट सवै कार्यक्रम रद्द गरिएको छ ।
कोरोना भाईरसको बढ्दो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय सप्तरी तथा विभिन्न स्थानिय तहले सभा, सम्मेलन, भेला, सार्वजनिक कार्यक्रम नगर्न भन्दै भिडभारमा सामेल नहुन र सर्तकर्ता अपनाउन अनुरोध गरेपछि यस पटक होली महोत्सव कार्यक्रम समेत रद्द गरिएको छ ।
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
सारांश
- कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् ।
- जसले गर्दा पनि यस पटकको होली खल्लो हुने भएको छ ।
- होली पर्वमा मांसाहारी भोजन गर्ने चलन रहेपनि यस पटक मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया