दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरी सदरमुकाम राजविराजस्थित जिल्लाकै पुरानो विद्यालय मध्ये एक रमेश नारायण दास आर्दश प्राथमिक विद्या मन्दिरका छात्र छात्राहरुलाई शुक्रबार एक कार्यक्रमबीच पोशाक वितरण गरिएको छ ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र अतिथि प्रदेश सभा सदस्य मनिषकुमार सुमनले छात्रछात्रालाई सो पोशाक बितरण गरेका हुन् ।
पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन र शिक्षातर्फ आर्कषित गराउन ठुलो मद्दत पुग्ने बताए ।
शिक्षा बिना विकाशको परिकल्पना गर्न नसकिने बताउँदै मन्त्री साहले आगामी महिनादेखि प्रदेश २ सरकारले प्रदेश मातहतका सबै सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न गरिब विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले मासिक ५÷५ सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी समेत दिए ।
यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य मनिषकुमार सुमनले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्घि हासिल हुने भन्दै मधेशको शिक्षालाई आधुनिक प्रविधि मैत्री बनाई अगाडी बढनुपर्नेमा जोड दिए । उनले राजविराजको मुटुमा रहेको पुरानो विद्यालयमा स्तरिय पठन पाठन तथा विपन्न बालकालिकालाई विशेष सुविधा दिएर पनि विद्यालय भर्ना गर्नु जरुरी रहेको धारणा राखे ।
यता सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजु जोशीले विद्यार्थीहरुका लागि नेपाल सरकारबाट प्राप्त भएको रकममा विद्यालय परिवारले थप सहयोग जुटाई विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
नेपाल सरकारबाट दलित तथा छात्रवृति वापत प्रति विद्यार्थीका लागि प्राप्त ४÷४ सय रुपैयामा ५÷५ सय रुपैया थप रकम जुटाई विद्यालयमा अध्यनरत सबै ८५ जना बालबालिका लागि पोशाक खरिद गरिएको उनले बताए ।
आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्रमोद कावरा, वडाध्यक्ष मांगीलाल नाई लगायतले समेत बालबालिकालाई पोशाक हस्तान्तरण गरेका थिए ।
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
सारांश
- आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र अतिथि प्रदेश सभा सदस्य मनिषकुमार सुमनले छात्रछात्रालाई सो पोशाक बितरण गरेका हुन् ।
- पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन र शिक्षातर्फ आर्कषित गराउन ठुलो मद्दत पुग्ने बताए ।
- शिक्षा बिना विकाशको परिकल्पना गर्न नसकिने बताउँदै मन्त्री साहले आगामी महिनादेखि प्रदेश २ सरकारले प्रदेश मातहतका सबै सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न गरिब विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले मासिक ५÷५ सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया