दैनिक समाचारदाता
धनुषा, ४ चैत ।
प्रदेश २ को नामाकरण र स्थायी राजधानी टुङ्गो लगाउन मंगलबार सम्पन्न निर्वाचन प्रक्रिया पनि सार्थक हुन सकेन् ।
समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको नाम मधेश प्रदेशको पक्षमा ६० तथा स्थायी राजधानी जनकपुरधामको पक्षमा ५२ मत परेको छ । सतारुढ दलसँग रहेको ५५ मत पनि स्थायी राजधानीको पक्षमा पर्न सकेन् । यी दुबै प्रस्ताव पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ । जुन पाउन सकेन् ।
यसअघि प्रदेश २ सभामा नेकपाले जानकी, नेपाली काँग्रेसले मिथिला भोजपुरा, काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश तथा समाजवादी र राजपाले संयुक्त रुपमा मधेश प्रदेश लागि नामाकरण दर्ता गराएको थियो ।
यस्तै स्थायी राजधानीका लागि सतारुढ र विपक्ष दल समेतले संयुक्त रुपमा जनकपुरधाम प्रस्ताव दर्ता गराएको थियो । भने केही सासंदले बिरगंज प्रस्ताव दर्ता गराएका थिए । ती सबै प्रस्तावमाथी मंगलबार छुट्टाछुट्टै मतदान भएको थियो ।
सम्पन्न मतदानमा कांग्रेसको प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ मत परेको थियो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशमाथी ३७ मत आएको थियोे । त्यस्तै काँग्रेसका प्रदेश सभा सदस्य राजेश्वर साहको प्रस्ताव मध्य मधेशको पक्षमा ४२ मत परेको थियो ।
यता दुबै प्रक्रियाका लागि दुई तिहाई मत आवश्यक परे पनि कुनै दलसँग यो मत छैन । प्रदेशसभामा १ सय ७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन ।
सबैभन्दा बढी नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट छ ।
कुनै प्रस्तावमा २ तिहाइ बहुमत पुगे निर्वाचन टुंग्याइने र नपुगेमा लगातार निर्वाचन हुनेछ । अब नामाकरण र स्थायी राजधानीका लागि समेत पुनः सुरुदेखी नै संसदीय प्रक्रिया हुने जनाइएको छ ।
“प्रदेश २ ले न नाम पायो न त राजधानी नै”
सारांश
- समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको नाम मधेश प्रदेशको पक्षमा ६० तथा स्थायी राजधानी जनकपुरधामको पक्षमा ५२ मत परेको छ ।
- सतारुढ दलसँग रहेको ५५ मत पनि स्थायी राजधानीको पक्षमा पर्न सकेन् ।
- यी दुबै प्रस्ताव पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
प्रतिक्रिया
० प्रतिक्रिया