कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
५९ पटक हेरिएको
Shares
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता

सारांश

  •     बिहीबार राष्ट्रिय युवा संघ नेपाल, सप्तरी उद्योग बाणिज्य संघ, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तिब्रता दिएको हो ।
  •       बिहिवार राष्ट्रिय यूवा संघले राजबिराजमा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय अगाडि सेवाग्राहीलाई साबुन पानीले हात धुनका लागी प्रेरित गर्दै जनचेतना दिएको छ ।
  •     जिल्लाका अति भिडभाड हुने ठाँउहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालय सहित गजेन्द्र चौक र दशन चौकमा कार्यक्रम गरिएको युवा संघका निरन्जन झाले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणप्रति सप्तरीमा विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमलाई तिब्रता दिएको छ । 
    बिहीबार राष्ट्रिय युवा संघ नेपाल, सप्तरी उद्योग बाणिज्य संघ, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तिब्रता दिएको हो । 
    बिहिवार राष्ट्रिय यूवा संघले राजबिराजमा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय अगाडि सेवाग्राहीलाई साबुन पानीले हात धुनका लागी प्रेरित गर्दै जनचेतना दिएको छ ।
    जिल्लाका अति भिडभाड हुने ठाँउहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालय सहित गजेन्द्र चौक र दशन चौकमा कार्यक्रम गरिएको युवा संघका निरन्जन झाले जानकारी दिएका छन ।

    यसैगरी पिसजोन स्कुल राजबिराजले पनि अभिभावक र बिद्यार्थीहरूलाई कोरोना भाईरस नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
    बिद्यालयका बालवालिकालाई सर्तक भई स्वास्थ सुरक्षाका उपायहरू अवलम्वन गर्न, भिडभाडमा नजान, र सरफाई माध्यमवाट सुझाव दिन र घरपरिवार, छरछिमेकीमा सर्तकता अपनाउन सचेत गर्न सल्लाह दिएको पिसजोन स्कुलका प्राचार्य हरिवंश प्रसाद यादबले बताए ।

    यस्तै उद्योग बाणिज्य संघ सप्तरीले सचेतनाका लागि आग्रह गरेको छ । विहिबार राजविराजस्थित आप्mनै कार्यालय परिसरमा साबुन पानीले हात धोऔ भन्ने नारासहित सचेतना कार्यक्रमको आयोजना गरेको संघले कोरोना भाईरस संक्रमण पुर्व तयारीका बारेमा सबैसँग आग्रह गरेको हो । 
    सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष शंकर दासले कोरोना भाईरसका कारण विश्व भरी धेरै जनधनको क्षति भएको भन्दै त्यसले नेपालका सीमा क्षेत्रबाट सर्न सक्ने जोखिम नियन्त्रण गर्न आवश्यक सवै उपाय गर्न सरकारसँग माग समेत गरे । उनले साबुन पानीले हात धुने तथा मास्क र पंजा प्रयोगको बानी अपनाउन पनी सहभागी सँग आग्रह गरे । 
    यसैगरि भारतीय सिमा सँग जोडिएका डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका जनप्रनिधि समेत घरदौलो कार्यक्रम गर्दै जनताहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न पर्चासहित मास्क बितरण गर्दै हात धुन सल्लाह दिएका छन् । 
    यता डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहले छिमेकी मुलुक भारतमा समेत कोरोना भाईरसको संक्रमण पुगी सकेका कारण भारतसँग सिमाना जोडिएको आप्mनो नगरक्षेत्रका बासीन्दालाई सुरक्षित रहनका लागि जनचेतनामूलक कार्यक्रम अभियानकै रुपमा चलाईएको बताए । 
    उनले कोरोना भाईरसबाट जोगिन बाहिरबाट आउने यात्रुको चेकजाँचका लागि नाका क्षेत्रमा हेल्थडेस्कको स्थापना गरिएको जानकारी पनि दिए । 
    भारत सिमासँग जोडिएका तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले समस्या आएर सामाधान तर्फ लाग्नु भन्दा पहिले नै त्यसलाई रोक्न सक्नु बुद्घिमानी भएको बताउँदै भने, त्यही कुरालाई दृष्टिगत गरेर यति बेला हामीले घरदैलो अभियान सुरु गरेको जनाए । उनले पनि नाकामा हेल्थडेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच शुरु गरिएको सुनाए । 

    त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाले पनि कोरोना भाईरसको संक्रमितको पहिचान र नियन्त्रणका लागि मुख्य सिमा नाकामा उच्च सतकर्ता अपनाउनुका साथै नगरबासीमा सचेतना फैलाउन घरदैलो अभियान संचालन गरेको छ । 
    नगरप्रमुख शैलेश प्रसाद साहले भने, नाका क्षेत्रमा हेल्थडेस्क स्थापना गरी विशेष निगरानी गर्नुका साथै विभिन्न सतकर्त कार्यक्रम लिएर नगरका प्रत्येक वडा पुग्ने कार्यक्रमलाई तिब्र बनाएको जानकारी दिए । सप्तरी भारतको खुला सिमासँग जोडिएका कारण अलि बढी जोखिममा रहेकाले सीमा नाकामा उच्च सतर्कता बढाउनुका साथै नगरबासीलाई कोरोना भाईरस विरुद्घ अपनाउनु पर्ने सतकर्ता बारे जानकारी गराउन घरदैलो अभियान थालिएको उनको भनाई छ । 
    भारतीय सीमासँगै जोडिएको विष्णुपुर गाउँपालिकाले पनि भाइरसको संक्रमणबाट बच्न र बचाउने तयारीलाई तिब्रता दिएको छ । गाउँपालिका प्रमुख लिलाम्बर यादवले कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन नाका क्षेत्रमा हेल्थडेस्क स्थापना सँगै गाउँ र टोल हुदै घर घरसम्म सतकर्ता र चेतनाका लागि कार्यक्रमहरु संचालनमा ल्याएको जानकारी दिए । 
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कार्मचारीहरुलाई कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी मास्क वितरण गरेका जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?