दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट सचेत गराउन आइतबार मास्क वितरण गर्नुका साथै सेनिटाइजर तथा साबुन पानीले हात धुने बिधी सिकाएको छ ।
राजविराजस्थित मिनि मार्केट नजिकै सडकछेउमा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायबारे सचेतना कार्यक्रमका साथै करिब २ हजार सर्वसाधारणलाई मास्क र हात धुने सामग्री वितरण गरेको हो ।
वडाध्यक्ष मो. अख्तरअली बाबा, वडा सचिव ओम प्रकाश साह तथा स्वास्थ्यकर्मी लगायतले उनीहरुलाई सेनिटाईजर र साबुन पानीले हात धुन सिकाउँदै नियमित मास्क प्रयोग गर्न र भिडभाडमा नजान आग्रह समेत गरेका थिए ।
सो अवसरमा स्वास्थ्यकर्मीहरुले कोरोना रोगको लक्षण र बच्ने उपायबारे समेत सहभागीलाई सचेत गराएको थियो ।
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सारांश
- राजविराजस्थित मिनि मार्केट नजिकै सडकछेउमा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायबारे सचेतना कार्यक्रमका साथै करिब २ हजार सर्वसाधारणलाई मास्क र हात धुने सामग्री वितरण गरेको हो ।
- वडाध्यक्ष मो.
- अख्तरअली बाबा, वडा सचिव ओम प्रकाश साह तथा स्वास्थ्यकर्मी लगायतले उनीहरुलाई सेनिटाईजर र साबुन पानीले हात धुन सिकाउँदै नियमित मास्क प्रयोग गर्न र भिडभाडमा नजान आग्रह समेत गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया