दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बिहीबार राजविराजमा बृहत ¥याली निकालिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिका, मानवअधिकारका लागि क्रियाशील विभिन्न संघ–संस्था, बिद्यार्थीको सहभागितामा सो ¥याली निकालिएको हो ।
स्थानिय शिव मन्दिरबाट निकालिएको ¥याली नगरपरिक्रमा गर्दै सहिद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
निकालिएको ¥यालीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं, लैंङ्गिक हिंसा अन्त्य गर, अपराधीलाई कडा कारवाही गर, बालविवाह र दाइजो प्रथा उन्मूलन गर, लैङ्गिक विभेद अन्त्य गर लगायतका प्ले कार्ड बोकेर सहभागिहरुले नारा लगाएका छन् ।
सञ्जालका अध्यक्ष इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, महिला मानवअधिकार रक्ष सञ्जालकी अध्यक्ष अनीता देवकोटा, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, अधिकारकर्मी जंगबहादुर सिंह, युनिक कलेजकी बिद्यार्थी पुजा जोशीले समेत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गणपति गुप्तबहादुर कुँवर, सशस्त्र एसपी खेम थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमाल, प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाको समेत उपस्थिती रहेको थियो ।
सञ्जालले आगामी २३ गते साँझ गजेन्द्र चोकमा साहसी महिलाहरुको सम्मानमा मैनबत्ती प्रज्वलन र २४ गते दिउँसो राजविराज नगरपालिका कार्यालयमा हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया गोष्ठि गर्ने सञ्जालका उपाध्यक्ष ललीता कर्णले जानकारी दिइन् ।
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
सारांश
- लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिका, मानवअधिकारका लागि क्रियाशील विभिन्न संघ–संस्था, बिद्यार्थीको सहभागितामा सो ¥याली निकालिएको हो ।
- स्थानिय शिव मन्दिरबाट निकालिएको ¥याली नगरपरिक्रमा गर्दै सहिद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
- निकालिएको ¥यालीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं, लैंङ्गिक हिंसा अन्त्य गर, अपराधीलाई कडा कारवाही गर, बालविवाह र दाइजो प्रथा उन्मूलन गर, लैङ्गिक विभेद अन्त्य गर लगायतका प्ले कार्ड बोकेर सहभागिहरुले नारा लगाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया