राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 

राजविराज राजविराज
|
शनिबार, चैत्र २९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 

सारांश

  •     सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ ।
  •       राजबिराजस्थित गजेन्द्र चौकमा १२ किलो चामल, २ किलो दाल, २ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको छ ।
  • सो राहत कसले राखेको वा कसले दान गरेको भन्ने कुरा खुलाइएको छैन् ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।  
    स्थानिय सरकारले स्थानिय व्यक्तिलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोवास गर्ने नागरिकताबिहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायतले सो राहत पाउनबाट बञ्चित हुनु परेको छ । 

    सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ । 
    राजबिराजस्थित गजेन्द्र चौकमा १२ किलो चामल, २ किलो दाल, २ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको छ । सो राहत कसले राखेको वा कसले दान गरेको भन्ने कुरा खुलाइएको छैन् । 
    शनिबार दुई दर्जन त्यस्ता राहतको पोको बनाएर राखिएपछि सो सबै पोका गरिब, विपन्न र नागरिकता बिहीन व्यक्तिले आफै उठाएर लगेका छन् । 
    यता चश्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौं घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पुर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफै गजेन्द्र चौकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गरे ।

    कोही भोकै नसुतोस, कोही भोकै नरहोस् भन्ने लक्ष्य लिएर प्रदेश सरकारले बजेट बिनियोजन गरेर स्थानिय सरकारमार्फत त्यस्ता विपन्न परिवारका लागि राहतको व्यवस्था गरेको हो । प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो । 

    विश्वव्यापी रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सरकारले चैत ११ गतेदेखी गरेको लकडाउनका कारण गरिब, अति विपन्न, मजदुरलगायतको खाद्यान्नका कारण दैनिकी अत्यन्त कष्ठकर बन्दै गएको छ । 
    विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित