युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु

राजविराज राजविराज
|
सोमबार, बैशाख १, २०७७
|
|
७९ पटक हेरिएको
Shares
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा एक यूवकको शव भेटिएको छ ।
  •     उक्त शव स्थानिय जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको रहेको प्रहरीले जनाएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीले शवको प्रकृती हेर्दा हत्या गरेर फालेको हुनसक्ने जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख । 
    नयाँ वर्षको सुरुवात सँगै सप्तरीमा सोमबार एकै दिन दुई जनाको मृत्यु भएको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा एक यूवकको शव भेटिएको छ ।
    उक्त शव स्थानिय जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको रहेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले शवको प्रकृती हेर्दा हत्या गरेर फालेको हुनसक्ने जनाएको छ । घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरिसकेको छ । 
    यता प्रहरीले अनुसन्धानकालागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत मगाएको जनाएको छ । 
    यता स्थानियहरुले साहको हत्या गरिएको भन्दै घटनाको सुक्ष्म अनुसन्धान गर्नु पर्ने माँग गरेका छन् ।
    यता सप्तरीको खडक नगरपालिकामा सोमवार लकडाउन पालना गराउने क्रममा खटिएका प्रहरी टोलीबाट त्रसित भई बेहोस भएर एक बृद्धाको मृत्यु भएको छ ।
    प्रहरी टोलीले घरबाट बाहिर सडकमा लकडाउन उल्लंघन गरी बसी रहेको व्यक्तिहरुलाई सम्झाउने क्रममा सामान्य वादविबाद हुँदा स्थानिय कमरुदिन मियाँकी श्रीमती ६५ वर्षिया जैनव खातुन (कुजर्नी) को मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार हाई ब्लडप्रेशरको कारण खातुन ढलेकी थिइन् । उनलाई तत्कालै स्थानिय एडभान्स अस्पताल कल्याणपुरमा उपचार गरी थप उपचारका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो । सोही अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?