रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०७७
|
|
२३ पटक हेरिएको
Shares
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

सारांश

  • पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
  •   मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए ।
  • उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
पाँच दिन नबित्दै बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका अर्का एक सप्तरीका युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा बैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका तीन यूवकको मृत्यु भएको छ । 
पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ । 
मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए । 
गत मंगलबार मात्रै मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । 
यस्तै डेढ महिना अघि सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो । 
गत चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यता तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले चैत २ गते मृत्यु भएका विष्णुदेवको शव लकडाउनका कारण मलेशियामै रहेको तथा लकडाउन खुलेपछि तीनै जनाको शव एकै साथ नेपाल ल्याउनेतर्फ पहल भइरहेको बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग