रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०७७
|
|
७० पटक हेरिएको
Shares
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

सारांश

  • पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
  •   मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए ।
  • उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
पाँच दिन नबित्दै बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका अर्का एक सप्तरीका युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा बैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका तीन यूवकको मृत्यु भएको छ । 
पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ । 
मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए । 
गत मंगलबार मात्रै मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । 
यस्तै डेढ महिना अघि सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो । 
गत चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यता तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले चैत २ गते मृत्यु भएका विष्णुदेवको शव लकडाउनका कारण मलेशियामै रहेको तथा लकडाउन खुलेपछि तीनै जनाको शव एकै साथ नेपाल ल्याउनेतर्फ पहल भइरहेको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
चट्याङ लागेर बाबुछोरीको मृत्यु
चट्याङ लागेर बाबुछोरीको मृत्यु
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ