“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”

सारांश

  •     नेपाल पत्रकार महासंघ, सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रेस काउन्सीलले पत्रकारहरुसँग विभेद गरिरहेको आरोप लगाएका छन् ।
  • मोफसलका संचारमाध्यमहरुलाई काउन्सीले विभिन्न आचार सहिंता लगाए पनि ठूला मिडिया हाउसले उलंघन गरे पनि काउन्सील मुकदर्शक बन्ने गरेको वक्ताहरुको आरोप छ ।
  •       कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिल कुमार अनलले मोफसलका संचारमाध्यमहरुमा श्रमजिवि ऐन खारेज गर्नुपर्ने सुझाव दिँदै मोफसलका पत्रिकाहरुले जसोतसो पत्रकारिता संचालन गरिरहँदा काउन्सीलले उनीहरुको पत्रिका संचालनका लागि सरकारी विज्ञापन उपलब्ध गराउनेतर्फ कुनै ध्यान नदिएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 
    प्रेस काउन्सिल नेपालले आयोजना बिहीबार राजविराजमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल पत्रकार महासंघ, सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रेस काउन्सीलले पत्रकारहरुसँग विभेद गरिरहेको आरोप लगाएका छन् । मोफसलका संचारमाध्यमहरुलाई काउन्सीले विभिन्न आचार सहिंता लगाए पनि ठूला मिडिया हाउसले उलंघन गरे पनि काउन्सील मुकदर्शक बन्ने गरेको वक्ताहरुको आरोप छ । 
    कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिल कुमार अनलले मोफसलका संचारमाध्यमहरुमा श्रमजिवि ऐन खारेज गर्नुपर्ने सुझाव दिँदै मोफसलका पत्रिकाहरुले जसोतसो पत्रकारिता संचालन गरिरहँदा काउन्सीलले उनीहरुको पत्रिका संचालनका लागि सरकारी विज्ञापन उपलब्ध गराउनेतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । 
    उनले भने, “ठूला मिडियाहरुले मात्र सरकारी विज्ञापन पाउने अनि उनीहरुले नै श्रमजिवि ऐनको अवज्ञा गरिरहँदा सम्बन्धित निकाय मौन बस्ने र मोफसलका संचारगृहलाई श्रमजिवि एने लागु गर्न दबाब दिने प्रबृतीप्रति काउन्सील गम्भिर बन्नु पर्छ ।” आफूखुशी ऐन र निर्देशिका बनाएर प्रेस काउन्सिलले मोफसलका पत्रकारलाई दुःख दिदैं पत्रकारिताको हत्या गर्न खोजेको उनले आरोप लगाउँदै मोफसलका पत्रकारितालाई मजबुत बनाउनुका साटो प्रेस काउन्सिलले दुःख दिन खोजेको बताए ।
    यस्तै नागरिक समाजका थानसिंह भन्सालीले काठमाडौंका पत्रकारहरुलाई आचार संहित पालन गर्न काउन्सीलले दबाब दिनुपर्ने बताउँदै सप्तरीका पत्रकार आचार संहितको पूर्ण रुपले पालना गरिरहेको उल्लेख गरे । त्यस्तै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले प्रदेश २ का पत्रकारहरुलाई प्रति भइरहेको विभेदलाई अन्त्य गर्न काउन्सीललाई सुझाव दिए । 
    कार्यक्रममा बोल्दै अधिकांस बक्ताले प्रेस काउन्सिलले लोक कल्याणकारी बिज्ञापनको दर बढाउनुपर्ने, मोफसलका पत्रिकाहरुलाई वर्गीकरणमा गरिने विभेदको अन्त्य गर्नुपर्ने माग गरेका थिए ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा काउन्सिलका सदस्य गोबिन्द चौलागाई, संगीता खड्गाले मन्तव्य व्यक्त गरेका थिए भने काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले पत्रकार आचारसंहिताबारे प्रस्तुतीकरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घटस्थापनासँगै वडा दशै शुरु
घटस्थापनासँगै वडा दशै शुरु
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम