६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन

राजविराज राजविराज
|
मंगलबार, जेठ २०, २०७७
|
|
३३ पटक हेरिएको
Shares
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन

सारांश

  •     जिर्ण अवस्थामा रहेको तथा लामो समयदेखी बन्द रहेको राजविराज २ स्थित साई कृष्णा अस्पतालमा गणका ४० जनाको प्राविधिक टोलीले ६ दिनमा श्रमदान गरेर एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको हो ।
  •       गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवरले उक्त अस्पतालमा थप २ सय शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने योजनासहित गृहकार्य थालिएको जानकारी दिएका छन् ।
  •       प्रदेश २ सरकारको २५ लाख रुँपैयाको सहयोग तथा सेनाको श्रमदानबाट निर्माण गरिएको उक्त आइसोलेशन कक्षमा जिल्लाका सबै ५५ जना संक्रमितहरुलाई उपचारार्थ भर्ना गरिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
    सप्तरीमा कोरोना संक्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएपछि राजविराजस्थित नेपाली सेनाको भिम दल गणले ६ दिनमा एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । 
    जिर्ण अवस्थामा रहेको तथा लामो समयदेखी बन्द रहेको राजविराज २ स्थित साई कृष्णा अस्पतालमा गणका ४० जनाको प्राविधिक टोलीले ६ दिनमा श्रमदान गरेर एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको हो । 
    गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवरले उक्त अस्पतालमा थप २ सय शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने योजनासहित गृहकार्य थालिएको जानकारी दिएका छन् । 
    प्रदेश २ सरकारको २५ लाख रुँपैयाको सहयोग तथा सेनाको श्रमदानबाट निर्माण गरिएको उक्त आइसोलेशन कक्षमा जिल्लाका सबै ५५ जना संक्रमितहरुलाई उपचारार्थ भर्ना गरिएको उनले जानकारी दिए ।
    यसअघि आइसोलेशन कक्षको अभावका कारण संक्रमित पुष्टि भएर पनि क्वारेन्टाइनमै बस्न बाध्य ३१ र गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका २४ जना गरि सबै ५५ जनालाई मंगलबारसम्ममा सोही आइसोलेशनमा ल्याइसकेको उनले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
छठ पर्व आजबाट विधिवत् सुरु
छठ पर्व आजबाट विधिवत् सुरु
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
सप्तरीका थप एक संक्रमितको मृत्यु
सप्तरीका थप एक संक्रमितको मृत्यु
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन