सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो

सारांश

  • कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
  •   पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
  •   यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 
    सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको छ ।  
कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् । 
यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा हालसम्म भेटिएका १ सय २१ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय जना संक्रमित आइसोलेशनमा रहेका छन् । 
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र बोदेबर्साइन नगरपालिकाका ३ गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितलाई साईकृष्णा अस्पतालको आइसोलेशनमा राखी उपचार व्यवस्था मिलाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर