एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै

राजविराज राजविराज
|
शुक्रबार, जेठ ३०, २०७७
|
|
९४ पटक हेरिएको
Shares
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै

सारांश

  • जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् ।
  • जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।
  •   यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
    सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण फेला परेको छ । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् । जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए । 
यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ । जसमध्ये २१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी रहेका १ सय १७ मध्ये १ सय ३ जनाको राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन वाडमा राखि उपचार भइरहेको छ । 
यसैबीच बेडको अभावमा १४ जना संक्रमित भने अझै सम्बन्धीत स्थानिय तहको क्वारेन्टाईनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको १८ मध्ये १४ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कंचनरुप बिजयी
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कंचनरुप बिजयी
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी